Nic Asia
cocacola

सिनेमा

काठमाडौंमा देउवा र ट्रम्पको भेटवार्ता, तपाईले हेर्नुभो ?


काठमाडौं २६ साउन– तपाई हिजो–आज काठमाडौंको प्रज्ञा प्रतिष्ठान जानुभएको छ ? यदि जानुभयो भने त्यहाँ तपाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष रुपमा देख्न पाउनुहुनेछ ।



साथै अमेरिकी राष्ट्रपति ट्रम्प र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीचको दुर्लभ तथा रोचक भेटवार्ता र कुराकानी प्रत्यक्ष रुपमा देख्न पाइने छ ।



अमेरिकी राष्ट्रपति ट्रम्पले ‘देउवाको कुरा’ नबुझ्दा हैरान भएको दृश्य तपाईका लागि पक्कै पनि रोचक बन्ने छ । देउवा र ट्रम्पको भेटवार्ताबाट तपाईले पूर्ण रुपमा मनोरञ्जन लिन सक्नुहुने छ ।



वास्तवमै उक्त दृश्य तपाई–हामीलाई मनोरञ्जन प्रदान गर्नकै लागि देखाइन्छ । जसमा चर्चित हास्य कलाकार मनोज गजुरेल अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको बनेका देखिनेछन् भने प्रधानमन्त्री देउवाको भूमिकामा हास्य कलाकार दिपक गिरी  देखिनेछन् ।



काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको ‘तिते–जिरे ब्रेकफेल गाईजात्रा’ महोत्सवमा थुप्रै रोचक प्रस्तुति देख्न सकिन्छ । हरेक वर्षझैं यसवर्ष पनि प्रज्ञाप्रतिष्ठानमा गाईजात्रा महोत्सव चलिरहेको छ ।



यसअघि जगुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा क्यारिकेचर गरेका थिए । यसपटक अमेरिकी राष्ट्रपति ट्रम्पको भूमिकामा देखिँदा दर्शकहरुले नयाँ भूमिका पनि मन पराएको गजुरेलले बताए ।



तस्वीर सौजन्यः बर्षा शाह बिहिवार, श्रावण २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti