सिनेमा

सलमान खानको यो फिल्मका लागि कुनै निर्देशक तयार भएनन्


मुम्बई – सलमान खान आफ्नो बैनी ज्वाइँ आयुष शर्माको बलिउड डेब्युका लागि लिएर यतिबेला चिन्तित छन् । करण जोहरले निर्माण गर्ने चलचित्र ‘रात बाँकी’ मा कैटरिना कैफको साथ आयुष शर्मा देखिँदैछन् भन्ने खबर पनि मिडियामा आएको थियो । यही फिल्मबाट शर्मा बलिउडमा डेब्यु गर्दै थिए । यो खबरले दर्शकसमेत उत्साहित थिए ।

तर अचानक करण जोहरको यो फिल्म शुरु हुनुभन्दा पहिले नै कुरा मोडिएको छ । उक्त फिल्मलाई आदित्य धरले निर्देशन गर्नेवाला थिए । तर फिल्मको स्किृप्टमै कहानी रोकियो ।

अहिले फेरि फिल्मको तयारी शुरु हुन लागेको छ । फिल्मको नाम ‘नवरात्री’ बताइएको छ भने सलमान खानले फिल्म निर्माणका लागि मणि रायलाई प्रस्ताव गर्दैछन् । तर अहिलेसम्म पनि फिल्मलाई कसले निर्देशन गर्ने भनेर टुङ्गो लागेको छैन । फिल्म निर्देशनमा अहिलेसम्म कुनै निर्देशकले पनि चासो नदेखाएको भारतीय मिडियाले बताएका छन् । साउन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस