Nic Asia
Sarbottam Cement

सिनेमा

सोनाक्षीले अर्को महिना विवाह गर्ने, को हुन् सोनाक्षीका ‘ब्वाइफ्रेण्ड’ ?

सन् २०१२मा सोनाक्षी सिन्हाको नाम बंटी सजदेहका साथ जोडिएको थियो । लगातार दुवै जनालाई बाहिर भेटिएको समाचारहरु आएका थिए ।

समाचारहरुका अनुसार चाँढै नै यो जोडिले आफ्नो सम्बन्धलाई नयाँ ढंगबाट अगाडि लान सक्ने बताइएको छ । मुम्बइको मिमर समाचारका अनुसार २०१७ को फेब्रुअरीमा बंन्टी र सोनाक्षीको विवाहको सम्भावना छ ।

सन् २०१२ मा बन्टी र सोनाक्षीको सम्बन्धलाई लिएर चर्चा भइरहको समयमा सोनाक्षीले त्यसको खण्डन गरेकी थिइन् । तर उनीहरुाई सोनाक्षीको २९ औं जन्मदिनको अवसरमा पनि सँगै देखिएको थियो ।

बन्टी सलमान खानका भाइ साहिल खानकी पत्नी सीमा खानका भाई हुन् । बन्टीको यसअघि अंविका चौहानसँग विवाह भएको थियो तर उनीहरुको चार वर्षमै डिभोर्स भएको थियो ।

बन्टी र अभिनेत्री दिया मिर्जाबीच पनि रोमान्स चलेका समाचारहरु आएका थिए । तर, पछि दीयाले सम्बन्धको अन्य गरेको जनाएकी थिइन् ।

बन्टीसँग सुष्मिता सेन र नेहा धूपियासँगको सम्बन्धबारे समेत चर्चा हुने गरेको थियो । शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell