Nerolac and Nepal life

सिनेमा

दर्पण छायाँ दुईको भिडीयो फेरि खिचियो

Darpan_chhayaकाठमाडौं, २४– दर्पण छायाँको सफलतापछि निर्देशक तुल्सी घिमिरेले सोही नाममा बनाउन लागेको चलचित्र दर्पण छायाँ २ रिलिज अघि नै चर्चामा छ । केही महिनाअघि चलचित्रको टिजर पनि सार्वजनिक भएको थियो ।

तुल्सी घिमिरे निर्देशित चलचित्र दर्पण छायाँ ‘भिएफएक्स’ क्लाइमेक्समा चित्त नबुझेकाले पुन छायांकन गरिएको छ । दार्जिलिङमा उक्त चलचित्रको १५ मिनेट लामो क्याइमेक्स सुटिङ गरिएको बताइएको छ ।

भारतमा कोरियोग्राफी गरिरहेका मिङ्मा दोर्जेले क्लाइमेक्स नृत्यको कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा पुष्पल खड्का, सहारा कार्की, फिरोज तिमिल्सेना श्रद्धा प्रसाई लगायतको अभिनय रहेको छ भने चलचित्रमा रामेश्वर कार्कीको छायांकन रहेको छ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell