Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

‘कालो पोथी’ सहित धरान फिल्म फेस्टिभलमा १९ फिल्म चयन

kalo_pothiकाठमाडौं, २४ पुस – अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल – २०१७’ (इफोन) हुने भएको छ । उक्त फेस्टिबलमा १६ देशका चलचित्र प्रस्तुत गरिनेछ ।

यही पुस २७ देखि माघ २ गतेसम्म चल्ने फेस्टिबलमा नेपालबाट १९ चलचित्र समावेश भएका छन् ।

डकुमेन्ट्रीतर्फ इन्टरनेशनल प्रतियोगितामा नेपालबाट भाग्यले बाँचेकाहरु र सुनाकली गरी दुई वृतचित्र छनोटमा परेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपालबाट निर्देशक मिन भामको ‘कालो पोथी’ र मनोज पण्डितको ‘छायाँ’ चयनमा परेको छ ।

नेपाल पानोरमा अन्तर्गत वृतचित्रमा डोरबहादुर विष्टको जीवनीमा आधारित वृतचित्र म आलाप हुन चाहन्छु चयन भएको छ । यो वृतचित्रलाई सचिन घिमिरे र गौरव केसीले निर्देशन गरेका छन् । यो वृतचित्रलाई महोत्सवको उद्घाटनमा नै प्रदर्शन गरिने जनाइएको छ । यो सँगै अपाङ्को पीडा र लाइफ इज रिवाइन्ड पनि प्रतिस्पर्धामा रहनेछन् ।

पानोरमा तर्फ भने चलचित्र भीमदत्त, ओम्ला, बालकृष्ण सम चयन भएका छन् । त्यस्तै पानोरमा अन्तर्गत लघु चलचित्र अन्तर्गत लाज, बुट्टेजामा, शून्य, तिर्खा, कल्ली, हरेरामकी आमा लगायतका लघु चलचित्र फेस्टिभलका लागि चयन भएका छन् ।

पाँच दिनसम्म चल्ने कार्यक्रममा विभिन्न देशका ४८ चलचित्र देखाइनेछ । फेस्टिभल बिहान १० बजेदेखि ५ बजेसम्म चल्ने जनाइएको छ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon