Nic Asia
Sarbottam Cement

सिनेमा

सुनले जडित पहिरन लगाउँदै बलिउड अभिनेत्री प्रियंका हलिउड अवार्ड उत्सवमा यस्तो देखिइन्

काठमाडौं, २५ पुस– बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय हलिउड फिल्मी क्षेत्रमा जम्दै छिन् । सन् २०१७ को मे महिनामा रिलिज हुने ‘बेवाँच’ फिल्मका कारण उनी अहिले हलिउड क्षेत्रमा ख्याती कमाउँदै छिन् ।
क्यालिफोर्निको बिभर्लि हिल्समा आइतवार आयोजित ७४ औं गोल्डेन ग्लोब अवार्ड उत्सवमा प्रियंकाले अमेरिको सुप्रसिद्ध फेसन डिजाइनर राल्फ लारेनले हातले बुनेर बनाइएको सुनले जडित पहिरनका साथमा सहभागीता जनाइन् ।

प्रियंकाले लगाएको उक्त सुनको पहिरन लगाउँदा उनी आफैं अवार्ड जतिकै सुन्दर देखिएकी थिइन् । ३४ बर्षीया प्रियंकालाई उक्त पहिरन निकै सुहाएको थियो ।

उनले ७४ औं गोल्डेन ग्लोब अवार्ड उत्सवमा पहिलोपटक सहभागीता जनाएकी थिइन् । प्रियंका हलिउड अभिनेता जेफ्रि डिन मोर्गनका साथमा रातो कार्पेटमा सँगै देखिएकी थिइन् ।

राल्फ लारेनले डिजाइन गरेको उक्त पहिरन प्रियंकाको शरीरमा टाँसिएको र निकै फिट देखिन्थ्यो । उनले घाँटीमा ‘भि’ आकारको नेकलेस पनि लगाएकी थिइन् ।


सन २००० मा मिस वल्र्ड बनेकी प्रियंका रेड कार्पेटमा उपस्थित भइरहँदा फोटोग्राफरको निकै भीड लागेको थियो । प्रियंकाले पनि फोटोग्राफरको आग्रहलाई मान्दै मुस्कुराउँदै फोटो खिचाउन भ्याइन् । डेलीमेल
सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell