Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

विचार गर्नुभएको छ ? फिल्म हलमा I र O सिट हुँदैन, किन होला ?

सिनेमा हलमा गएर फिल्म हेर्दा हाम्रो पूरा ध्यान चलचित्रमै केन्द्रित हुन्छ जसका कारण हामी हलमै भएका कतिपय कुरा मिस गरिरहेका हुन्छौं ।

जस्तो, हलमा अगाडिको पंक्तिका केही सिट किन सधैं खाली हुन्छन् । त्यो खासमा विशिष्ट व्यक्तिहरूका लागि छुट्याइएको ठाउँ हो । अनि रो (पंक्ति) मा I र O चाहिँ किन नभएका त ?

यसो किन गरिएको हो भने अंग्रेजीको वर्ण I हेर्दाखेरी (1) जस्तो देखिन्छ अनि O चाहिँ  (0) जस्तो देखिन्छ । यस्तो हुँदा मान्छे झुक्किन सक्छन् । ABCDEFGH पछि अब अंक शुरु भए क्यारे भन्ने मान्छेलाई लाग्न सक्छ ।

यस्तो कन्फ्युजन नहोस् भनेर संसारभरिको सिनेमा हलमा I र O पंक्ति नै हुँदैन । अब हलमा फिल्म हेर्न जानुभयो भने यो कुरा याद गर्नुहोला है त !

सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell