Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

फिल्म बनेको दुई वर्षपछि सार्वजनिक भयो सारङ्कको ट्रेलर

काठमाडौं, २७ पुस – निर्माण सम्पन्न भएको दुई वर्षपछि नेपाली चलचित्र सारङ्क फस्ट लुक, पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएको छ ।

दुई वर्षअघि नै निर्माण भएपनि बल्ल चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

निर्देशक तथा निर्माता समेत रहेका विरेन्द्र हमालले अमेरिकामा चलचित्रको प्रिमियर भएपछि नेपालमा प्रदर्शन हुने जानकारी दिए । ‘सारङ्कको अर्थ माहुरीको झुण्ड हो । नराम्रो मान्छेमा पनि केही न केही राम्रो पक्ष हुन्छ, कुरालाई देखाउन खोजेका हौं ।’ निर्देशकले बताएका छन् ।

सागरसिंह ठकुरीको पटकथा तथा संवाद रहेको चलचित्रमा सपना सिंह ठकुरी, सुर्वण खड्का, नवराज कार्की, आकाश खड्का लगायतका कलाकारको अभिनय रहेको छ । धेरैजसो नव कलाकारको अभिनय रहेको छ ।

गौतम राज खड्काको सम्पादन, विरेन शाक्यको संगीत तथा विष्णु बाँस्तोलाको छायांकन रहेको छ । द्वन्द् निर्देशन किरण दाहालले गरेकी छिन् । उनले यसभन्दा अघि हिट चलचित्र लूटमा सह द्वन्द्व निर्देशकको भूमिका निभाएकी थिइन् । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam