Nic Asia
cocacola

सिनेमा

चलचित्र लालटिनको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं, २७ पुस–चैत १८ मा रिलिज हुने चलचित्र लालटिनको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

‘ह्विस्की, नहेर तिमी मलाई मस्की’ बोलको गीतलाई पप शैलीमा प्रस्तुत गरिएको छ । किरण माइकल, विनोद ढकाल र सोमिया बराइलीको स्वरमा रहेको गीतमा हिपहप शैली पनि सुन्न सकिन्छ ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र लालटिनमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, राज कटुवाल, निर्जन थापा, मेलिना मानन्धर, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

एमसन पिक्चर्सको व्यानरमा बनेको चलचित्रमा अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । भानुप्रतापको प्रस्तुति रहेको चलचित्रमा मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण गरेका हुन् ।
हेर्नुस् गीत बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti