सिनेमा

दंगलकी फुच्ची बबिता वास्तविक जीवनमा देखिन्छिन् यस्ती (फोटो फिचर)

काठमाडौं, २७ पुस — बलिउडी फिल्म दंगल रिलिज भएर सुपरडुपर हिट भइरहँदा सान्या मल्होत्रा र फातिमा साना शेखले सर्वत्र चर्चा पाए । ठूला गीता र बबिताको भूमिकामा उनीहरूको चर्चा चलेको हो ।


तर बच्चा गीता र बबिताको भूमिका निर्वाह गर्ने जायरा वसिम र सुहानी भटनागरले पनि गजबको अभिनय देखाएका थिए ।

दश वर्षीया सुहानी भटनागरले फुच्ची बबिताको भूमिका खेलेकी थिइन् ।

सुहानी फरिदाबाद घर भएकी बालिका हुन् र दिल्ली पब्लिक स्कूलकी विद्यार्थी हुन् । मोन्टे कार्लो लगायत विभिन्न ब्रान्डका लागि मोडेलिङ गरेकी सुहानीले अभिनयमा हात हालेर पनि राम्रो चर्चा बटुलेकी छन् ।

जायराले आमिर खानको अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’मा काम गर्ने मौका पाएकी छिन् । सुहानीले पनि राम्रो फिल्म पाउलिन् भन्ने आशा छ ।

अहिलेलाई उनका सुन्दर तस्वीर हेरौं :



पुस २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस