Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

आमिरको दंगलले कमायो ३५० करोड, अहिलेसम्मकै धेरै कमाउने फिल्म

आमिर खानको चलचित्र दंगलले ३५० करोड भारतीय रुपैयाको कमाइ गरेको छ । फिल्म यस अघि नै बलिउडका कयौं रेकर्डहरु ब्रेक गरिसकेको छ ।

तेस्रो हप्ता दंगलले शुक्रबार ६.६ शनिबार ०.८ आइतबार १४ सोमबार ४.३५ मंगलबार ४.३ करोड रुपैया कमाएको हो । यसका साथै घरेलु बजारमा ३५३ .६८ करोड रुपैया कमाएको हो ।

यससँगै दंगल बलीउडको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । नितेश तिवारी निर्देशित खेलमा आधारित फिल्म पहलवान महावीर सिंह फोगाटको जिवनीमा आधारित फिल्म हो । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon