Ruslan
Tata /sipradi
Sarbottam Cement

सिनेमा

बाहुबलीका निर्देशकको नयाँ फिल्ममा सलमान !

क्षेत्रीय निर्देशक एमएस राजामौलीले निर्देशन गरेको चलचित्र बाहुबलीको ऐतिहासिक सफलताले उनलाई राष्ट्रिय स्तरमा आफूलाई चिनाइसकेका छन् ।

बाहुबलीले बक्स अफिसमा लगभग ६ सय करोड कमाएको थियो । बाहुबली २ यस बर्ष रिलिज हुँदैछ । भर्खरै मात्र यस चलचित्रको सुटिङ सकिएको समाचार आएको छ ।

बाहुबली २ को रिलिजसँगै यो चलचित्रले आकाश छुने आँकलन समीक्षकले गरेका छन् । बलिउड उद्योग यी निर्देशकसँग काम गर्नका लागि आतुर भएको भारतीय सञ्चार माध्यमले जनाइरहेका छन् ।

निर्देशक राजामौली पनि यो बारेमा सोचिरहेका छन् । राजामौलीलाई रणवीर कपूर राम्रो लाग्छन् तर उनी व्यावसायिक चलचित्र बनाउनका लागि सलमान खान उनका चलचित्रमा हुने सम्भावना छ । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement