Nic Asia
Sarbottam Cement

सिनेमा

शाहरुख र सलमान दश वर्षपछि एउटै फिल्ममा देखिने ?

काठमाडौं, २८ पुस — शाहरुख खान र सलमान खानको सम्बन्ध अनेकौं उतारचढावले भरिएको छ । पहिला सँगै फिल्म खेलेका अनि मन मिल्ने यी दुई अभिनेता पछि एक्कासि झगडा गरेर छुट्टिए । अहिले फेरि उनीहरूको मिलन भएको छ ।


यी दुईजना अब एउटै फिल्ममा देखिने सम्भावना छ । खासमा कबीर खानको निर्देशनमा रहेको आउँदो फिल्म ट्युबलाइटमा शाहरुखको सानो भूमिका छ । यसमा सलमान खान नायक छन् ।

ट्रेड एनालिस्ट कोमल नाहटाले पनि यसबारेमा एउटा ट्वीट लेखेका थिए तर पछि उनले ट्वीट हटाए । ट्युबलाइटका निर्माताहरूले यसबारेमा केही बताएका छैनन् ।

यी दुई घाघडान अभिनेताहरू फराह खानको फिल्म ओम शान्ति ओममा सँगै देखिएका थिए । सन् २००७ मा रिलिज भएको उक्त फिल्मको एक गीतमा सलमान पनि नाचेका थिए ।

उनीहरू अवार्ड समारोहमा सँगै देखिएका भएपनि एउटै फिल्ममा चाहिँ त्यसयता आएका थिएनन् ।

ट्युबलाइटमा शत्रुघ्न सिन्हाले क्यामियो रोल खेल्ने कुरा भएपनि सलमानले यसमा शाहरुखलाई नै खेलाउन जोड गरेको बताइएको छ ।

एजेन्सी बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell