Ruslan
Tata /sipradi
Nic Asia

फिचर

नेपाली जेलमा ५ सय विदेशी कैदी

गजेन्द्र बस्नेत

बिकिनी किलरका नामले कुख्यात फ्रान्सेली अपराधी चार्ल्स शोभराज यतिबेला नेपालमा जेलजीवन बिताइरहेका छन् । ६८ वर्षीय उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ ।

भारतमा झन्डै २० वर्ष जेल जीवन बिताएर सन् १९९७ मा मुक्त भएका शोभराज नेपाल आएका बेला पक्राउ परेका थिए । युरोपबाट नेपालमा लुकीछिपी बसेको सूचनाका आधारमा प्रहरीले २०६० असोज ३ गते राजधानीबाट उनलाई पक्राउ गरेको थियो ।

लामो अनुसन्धानपछि दायर मुद्दाको किनारा लगाउ“दै काठमाडौं जिल्ला अदालतले शोभराजलाई २०६१ साउन १९ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पछि सर्वोच्च अदालतले समेत उक्त फैसलालाई सदर गरेको थियो । त्यसयता उनी नेपालकै जेलमा छन् । यतिसम्म कि शोभराज त कैदीलाई दिँदै आएको सुविधा बढाउनुपर्ने माग राख्दै अदातलमासम्म पुगेका छन् ।

शोभराज त एउटा उदाहारण मात्र हुन् । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार अहिले नेपालका कारगारमा ९ सय ८४ जना विदेशी कैदी छन् । देशभर रहेका ७४ वटा कारागारमा जम्मा कैदीबन्दीको संख्या १७ हजार ९ सय ६६ रहेको छ ।

यसलाई हेर्दा नेपालमा रहेका कुल कैदीबन्दीको ५ प्रतिशतभन्दा बढी कैदीबन्दी विदेशी रहेका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक वेदबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकाभित्रका कारागारमा मात्रै २ सय ५६ जना विदेशी कैदीबन्दी छन् ।

कुन कारागारमा कति विदेशी कैदीबन्दी ?
सुन्धारा स्थित केन्द्रीय कारागारमा – १७४ जना
ललितपुरको नख्खु कारगारमा – ५१ जना
डिल्लीबजार कारागारमा – ३१ जना
पर्सा कारागारमा – २०० जना

[स्रोतः कारागार व्यवस्थापन विभाग }

विभागको तथ्याङ्क अनुसार, सबैभन्दा बढी दुईसयजना विदेशी पर्सा कारागारमा रहेका छन् । झापा, मोरङ, झुम्का, सप्तरी, सिरहा र महोत्तरीमा पनि विदेशी कैदीहरू छन् । विभागका शाखा अधिकृत दीपक न्यौपानेका अनुसार, विदेशी कैदीहरूमध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ रहेका छन् । यसरी कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांश लागूऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका छन् ।

प्रहरीका अनुसार कारागारमा रहेका अधिकांश पाकिस्तानी भारतीय जालीनोट, किर्ते राहदानी तथा लागूऔषध ओसारपसारमा संलग्न अभियुक्त हुन् । यस्तै अफ्रिकी र युरोपेली मूलका कैदीहरू लागूऔषध कारोबार तथा किर्ते राहदानीमा दोषी भेटिएका हुन् ।

सुरक्षाविद् डा. दीपकप्रकाश भट्टका अनुसार, नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ ।

वार्षिक तीन करोडभन्दा बढी रकम विदेशी कैदीबन्दीका नाममा खर्च

अहिले सरकारले कैदीलाई दैनिक ७ सय ग्राम चामल र ४५ रुपैया“ पैसा दिँदै आएको छ । एकवर्षमा देशभर रहेका १७ हजार ९ सय कैदीबन्दीका लागि वार्षिक ६० करोड बराबर रकम खर्च हुने गरेको विभागको तथ्याङ्क छ । यसलाई हेर्दा वार्षिक तीन करोडभन्दा बढी रकम विदेशी कैदीबन्दीका नाममा खर्च हुने गरेको देखिन्छ । बुधवार, पौष १३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam