Ruslan
Tata /sipradi
Sarbottam Cement

फिचर

नेपालको एउटा गाउँ, जहाँ गाविस भवन पुग्न वास बस्नुपर्छ !

गजेन्द्र बस्नेत

साेलु, २७ पुस-तपाईं अनुमान गर्नुहोस् त, कुनै वडाको नागरिकलाई गाविस भवन पुग्न कति समय लाग्छ ? एक घण्टा, दुईघण्टा वा पाँच घण्टा ? तपाईंलाई विश्वास नलाग्न सक्छ, आफ्नै गाविसमा रहेको गाविस भवन पुग्न पनि वास बस्नुपर्छ भनेर । तर नेपालका कतिपय दुर्गम स्थानको वास्तविकता यस्तै छ । प्रसङ्ग दुर्गम तथा हिमाली जिल्ला सोलुखुम्बुको हो ।

सोलुखुम्बुको पनि दुर्गम मानिने वाकु गाविस वडा नम्बर ४ सिबुचेवासीलाई आफ्नै गाविस भवनसम्म पुग्नका लागि राति वास बस्नुपर्छ । भौगोलिक विकटताले गर्दा सिबुचेवासीलाई आफ्नै गाविस भवनसम्म पुग्नका लागि राति वास बस्नुपर्ने बाध्यता भएको हो । यसैको परिणाम गाउ“ विकास समितिको सेवासुविधा लिनका लागि आफूहरूलाई समस्या भएको उनीहरूको गुनासो छ ।

गाविसको सिफारिस लिएर घर फर्कंदा तीन दिन बित्यो


वाकु ४ सिबुचेका नुरु शेर्पा भन्छन्, ‘कामका लागि गाविस भवन जा“दा पनि धेरै कष्ट भोग्नुपर्छ, एउटा सामान्य कामका लागि कम्तीमा तीन दिन समय छुट्याउनुपर्छ । नुरु त एउटा उदाहारण पात्र मात्रै हुन् । भोट हाल्न जा“दा समेत वास बस्नुपरेको, गाविसको सिफारिश लिएर घर फर्कंदा तीन दिन लागेको, गाविस सचिव नभेट्दा दुईदिन हिँडेपछि फर्केर आउनुपरेको, यी र यस्ता थुप्रै समस्या त्यहा“का स्थानीय बासिन्दाले भोगिरहेका छन् ।

राज्य कुन चराको नाम हो थाहा छैन

गाविसको कार्यालयदेखि टाढाको दूरीमा रहनुपरेका कारण सिबुचेवासीहरूले राज्यबाट पाइने सेवासुविधा समेत लिन पाएका छैनन् । धेरैजसो स्थानीयले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता जस्ता पञ्जीकरण सम्बन्धी कामहरू गरेका छैनन् भने मालपोत कर समेत बुझाएका छैनन् ।

गाविसको जिम्मेवारी लिएका गाविस सचिवहरू पनि त्यो गाउँमा पुगेको थाहा नभएको स्थानीय बताउ“छन् । दुर्गम गाविसका यी मानिसले राज्यको नागरिकको हैसियतले पाउनुपर्ने सेवा सुविधा पनि पाएका छैनन् ।

हालसम्म दुर्गम भेगका जनताको लागि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको चामल र नुनको स्वाद त्यहा“का बासिन्दाले लिन नपाएको स्थानीय बासिन्दा पासाङ नुरु शेर्पा बताउ“छन् । गाविसबाट प्रदान गरिने सेवा सुविधाहरू सिबुचेसम्म कमै पुग्ने गरेको छ ।

स्वास्थ्य सेवा समेत छैन

सबैभन्दा समस्या उनीहरूलाई बालबालिकाले लगाउने खोपमा भएको छ । बालबालिकालाई खोप लगाउन उपस्वास्थ्य चौकी सम्म पुग्न दुई दिन लाग्छ । जंगलको बाटो भएकोले महिलाले एक्लै बच्चा बोकेर हिँड्न सक्दैनन् । वाकुकी सोनाफुटी शेर्पा भन्छिन्, ‘टाढा भएकाले गाउँका एक/दुईबाहेक धेरै बालबालिकाले खोप नै पाउँदैनन् ।

आफूहरूका दुःखपीडाको विषयमा राजनीतिक दल र सरकारले केही नगरेको उनीहरूको गुनासो छ ।

सन्दर्भ तस्वीर जामुनेबाट बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement