Ruslan
Tata /sipradi
Nic Asia

फिचर

महिला सांसदले रुँदै के भनिन् त्यस्तो जुनकुराले सबैलाई रुवायो

लन्डन,२४ मंसिर– महिला हिंसा रोक्नको लागि संयुक्त राष्ट्रसंघले अमेरिकामा आयोजना गरेको संसदमा ब्रिटेनका एक महिला सांसदले १४ वर्षको उमेरमै आफूमाथि बलात्कार भएको भावुक कहानी रुदै सुनाउँदा पूरै संसद भावविह्वल भएको थियो ।


५१ बर्षीया मिसेलले १४ बर्षको उमेरमा आफूमाथि भएको बलात्कारको घटना संसद्मा सुनाउँदा संसदमा सभामुख लगायत त्यहाँ उपस्थित सबैकोे आँखा आँशुले भिजेको थियो ।

महिलामाथि हुने हिंसाका विषयमा बोल्दै मिसेलले आफूमाथि ३७ बर्ष भएको अत्याचार भावुक हुँदै सुनाएकी थिइन् । स्कटिस नेशनल पार्टीका सांसद मिसेलले आफूमाथि भएको बलात्कारको घटना सुनाउँदै भनिन्– ‘जब म १४ बर्षकी थिएँ, तब मैले उनको अत्याचार विरुद्ध प्रतिकार गर्न पनि सकिनँ ।’

‘साँझ पर्दै गर्दा उनले मलाई जंगलमा केही चीज देखाउँछु भनेर लगेका थिए ,उनी मेरो नजिकका मान्छे थिए जसलाई म निकै विश्वास गर्थेँ र उनैले ममाथि बलात्कार गर्छन भनि मैले पत्याउन पनि सकेको थिएन’ भावुक हुँदै उनले भनिन् ।

उक्त दर्दनाक घटना सम्झँदै उनले भनिन् ‘जब उनले मेरो शरीरमा स्पर्श गर्न थाले तब म स्तब्ध थिएँ ।’ म निकै डराएँ । त्यतिबेला म भागेर जान पनि सकिनँ । ‘मैले कहिल्यै सोच्न सक्दिन थेँ त्यति विश्वासिलो मान्छेले ममाथि जर्बजस्ती गर्छ’ उनले भनिन् ।

‘त्यतिबेला म निकै कमजोर थिएँ र विरोध पनि गर्न सकिनँ’ रुँदै उनले भनिन् ।

‘आज पनि ती दिन सम्झिदाँ मलाई निकै गाह्रो हुनेगर्छ’ मिसेलले भनिन् । ‘उक्त घटनापछि म रुँदै घर गएँ र पूरै रुपमा निराश थिएँ’ उनले सुनाए । उनले उक्त घटना न आफ्नी आमालाई सुनाउन सकी न त प्रहरीमा नै उजुरी ।

‘मैले आफ्नी आमालाई उक्त घटनाका बारेमा भन्ने कहिल्यै हिम्मत गरिनँ’ आँखामा आँशु भर्दै उनले संसदमा सुनाईन् । उनले भनिन्– ‘मैले उक्त घटनालाई आफूभित्रै लुकाई राखेँ र भित्रभित्रै लाज र ग्लानीले तड्पिरहेँ ।’

मिसेलले आफ्नो विवाह गर्नुपूर्व श्रीमानसँग उक्त घटनाका बारेमा सुनाउँदा श्रीमानले घटनालाई सहजताका साथ लिएर आफ्नो साथ दिएको बताइन् ।
उनले आफ्नो आमालाई उक्त घटनाको बारेमा सुनाउन नसकेकोमा आज पनि दुःख लागेको बताइन् । मिसेलले यस्तो अत्याचार आफूमाथि मात्र होइन अरु धेरै महिलामाथि पनि भएको भन्दै आज पनि महिलाहरु पीडामा बाँचिरहेको बताइन् ।

‘महिलाको कुनै दोष नभएपनि यस्ता दर्दनाक घटनाको शिकार हुन महिला बाध्य हुन्छन’् संसदमा मिसेलले भनिन् ।

मिसेलले महिलामाथि हुने कुनै पनि प्रकारका हिंसाका घटना अमानवीय हुने बताउँदै संसारभरी हुने महिलामाथि हिंसाको विरोध गरिन् ।
बलात्कार भनेको सेक्स होइन महिलामाथि अधिकार जमाउने मानसिकता हो भन्दै मिसेलले भनिन्– ‘बलात्कार सेक्सको लागि होइन महिलामाथि पुरुषले आफ्नो नियन्त्रण र शक्ति प्रदर्शन गर्न गरिने मानसिकताको उपज हो ।’

उनले आफूमाथि भएको बलात्कारको घटना सुनाउँदै गर्दा उनको मात्र होइन त्यहाँ उपस्थित सबैको आँखामा आँशुले भिजेको थियो । उनको घटना सुनेर सभामुखले धेरैपटक आँशु पुछेका थिए ।
आफ्नो कुरालाई टुंग्याउँदै मिसलले भनिन्– ‘म डरपोक महिला होइन र ममाथि बलात्कृत गर्ने व्यक्ति नै डरपोक थिए । उक्त घटनापछि पनि आफू कमजोर नभएको बताइन् ।

मिसेलको कुरा सुन्दै सभामुखले भने– ‘तपाइँको हिम्मत र हौसलाको म सलाम गर्न चाहन्छु ।’ मिसेलबाट आफू निकै प्रभावित भएको सभामुखले बताए ।

मिसेल आफ्नो घटना सुनाएको लामोसमयसम्म पनि चुप बसिरहिन् । मिसेललाई हौसला दिँदै अन्य सांसदहरुले आफूमाथि भएको घटना खुल्लारुपमा भनेकोमा हौसला पनि दिए । मिसेलको यो कुरा सामाजिक सञ्जालहरुमा निकै प्रशंसा भइरहेका छ ।र, उनको हिम्मतको सबैले प्रशंसा गरिरहेका छन् । एजेन्सी
शुक्रवार, मंसिर २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam