Nic Asia
cocacola

जीवन-दर्शन

यसरी बनाउनुस् स्वादिष्ट चीज पास्ता

काठमाडौं, २७ साउन — रेस्टुराँमा पास्ता त तपाईंले धेरैचोटि खाइसक्नुभएको होला । तर घरमा नै पास्ता बनाउने तरिका हामी सिकाउँदैछौं ।


सामग्री

४५० ग्राम पास्ता
आधी कप चीज
स्वादअनुसार नून
आधी चम्चा मरिच
दुई चम्चा पेस्ता
पानी
एक कप मक्खन
६ कप पालुंगो

विधि
सबभन्दा पहिले एउटा प्यानमा पानी उमाल्नका लागि राख्नुस् र आवश्यकताअनुसार नून हाल्नुस् । पानी उम्लन थालेपछि पास्ता हाल्नुस् र १० मिनेट पकाउनुस् । पास्ता मज्जाले उम्लेपछि त्यसलाई छानेर अर्को बाउलमा राख्नुस् र बाँकी पानी एकातिर राख्नुस् ।

अब पालुंगोलाई तातो पानीमा हल्का उमाल्नुस् ।

ग्राइन्डरमा चीज, मक्खन र पालुंगो पिस्नुस् ।

पिस्तालाई मसिनो गरी काटेर एकातिर राख्नुस् । अब एउटा पास्ता, पालुंगोको मिक्स्चर र पास्ताको बाँकी पानी एउटा प्यानमा हाल्नुस् । यसलाई मज्जाले मिक्स गर्नुस् र मरिच हालेर पाँच मिनेटसम्म पकाउनुस् ।

लौ, चीज पास्ता तयार भयो । तात्तातो पस्किनुस् ।

एजेन्सी

शुक्रवार, श्रावण २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार