Nic Asia
cocacola

जीवन-दर्शन

लगभग हावामा झुण्डिएका यस्ता मन्दिर कहिल्यै देख्नुभएको छ ?

काठमाडौं, २३ असोज — तपाईंले धेरै मन्दिरहरू देखिसक्नुभएको होला तर यहाँ हामी यस्तो मन्दिरको कुरा गर्दैछौं जसले तपाईंलाई आश्चर्यमा पार्ने सम्भावना छ ।


चीनको शाङ्सी प्रान्तमा रहेको यो मन्दिर संसारभरिका पर्यटकका लागि अनौठो आकर्षणका रूपमा रहेको छ । यी मन्दिरहरूलाई देखेर एकचोटि जो पनि झस्याङ्ग हुन्छ ।

इतिहासकारहरूका अनुसार, यो मन्दिर करीब पन्ध्र सय वर्ष पुरानो छ । यसमा बौद्ध, ताओ र कन्फ्युसियसको स्थापत्य शैलीको मिश्रण छ ।


अप्ठ्यारो पहाड टेको लगाएर उभ्याइएका मन्दिरलाई हावाले हल्लाएर लडाइदेला जस्तो लाग्छ र अनेकौं प्राकृतिक विपदाका बावजुद मन्दिर अझै उभिएकै छन् ।

खासमा यो मन्दिर विशेष प्रकारको बलियो र लच्किलो काठबाट बनाइएको हो । त्यसैले यत्तिका वर्षसम्म पनि यो नलडिकन बसेको छ ।

एजेन्सी

सोमवार, आश्विन २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti