उपभाेक्ता

बाइक बिग्रेर हैरान हुनुहुन्छ? ख्याल गर्नुस् यी कुरामा


चाहे तपाईंसँग कार होस् या बाइक, सधै सर्भिसिङ गरेर यसलाई सन्तुलनमा राख्न जरुरी हुन्छ । गाडी किन्नभन्दा धेरै त यसको सुरक्षा गर्न नै गाह्रो हुन्छ । कारलाई जस्तै बाइकलाई पनि समय समयमा सर्भिसिङ गरेर सफाचट बनाइराख्न जरुरी छ । बाइक तथा गाडीलाई सन्तुलनमा राख्नका लागि निम्नानुसारका उपाय अपनाउन सकिन्छः

इन्जिन
इन्जिनलाई निरन्तर रुपमा सर्भिसिङ गराइ रहनुस् । सर्भिसिङ गर्दा कार्बोरेटर र बल्बको सफाइ पनि गराउनुस् । हरेक १५ सय किलोमिटर गुडेपछि कार्बोरेटरलाई सफा गर्नुस् । यदि तपाईको बाइक फोर–स्ट्रोक हा भने १५ सय किलोमिटरपछि स्पार्क प्लगलाई फेर्नुस् ।

इन्जिन तेल
बाइकको सबैभन्दा जरुरी पार्ट यसको इन्जिन नै हो । त्यसैले पनि यसको ख्याल राख्न जरुरी छ । इन्जिनले राम्रोसँग काम गर्नका लागि इन्जिन तेलको प्रयोग गर्न धेरै नै जरुरी छ । खराब तेलले बाइकको माइलेजमा मात्र होइन कि, इन्जिन नै बिगार्न खराब तेलले भूमिका निभाएको हुन्छ ।

एयर फिल्टर
एयर फिल्टर पनि बाइकको एउटा महत्त्वपूर्ण हिस्सा हो । बाइकको एयर फिल्टरको समय समयमा सफा गर्नुपर्छ ।

क्लज
क्लजको सही सन्तुलन हुन धेरै जरुरी छ । यसलाई धेरै नै कडा बनाएर नराख्नुस् । क्लजलाई हल्का बनाउनुभयो भने चलाउन पनि सजिलो हुन्छ । क्लजमा जोड पढ्दा यसको असर माइलेजमा पनि पर्न सक्छ ।

ट्रान्समिसन
बाइकलाई सन्तुलनमा राख्नका लागि चेनको पनि उत्तिकै ख्याल गर्नुपर्छ । चेनलाई बेलाबेलामा सफा गर्ने गर्नुपर्छ तर यसलाई कहिल्यै पनि पानीले धुनु हुँदैन । चेनलाई धेरै कडा र धेरै नजिक राख्नु हुँदैन । मेकानिकसँग बेलाबेलामा चेन जाँच पनि गर्नु उपयुक्त हुन्छ ।

टायर
टायरको कन्डिसन र एयर प्रेसरमा पनि ख्याल गर्नुस् । समय समयमा यसको ब्यालेन्स पनि जाँच्दै गर्नुस् । विना ग्रिपका टायरको कहिल्यै पनि प्रयोग नगर्नुस् ।

ब्याट्री
बाइकको ब्याट्रीको पनि समय समयमा सफा गर्नुपर्छ । यदि ब्याट्रीमा कुनै प्रकारको चुहावट छ भने त्यसलाई सक्दो चाँडो बदल्नुस् । यदि बाइक त्यति चलाउनुहुन्न भने पनि ब्याट्रीलाई बेलाबेलामा चार्ज गराइराख्नुस् । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस