Nic Asia
Sarbottam Cement

खेलकुद

राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण पदक विजेता बने बाँस्तोला




विराटनगर, ९ पुस - सशस्त्र प्रहरी बल (एपिएफ)का पर्शुराम बाँस्तोलाले पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण प्राप्त गर्न सफल हुनुभएको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा भएको कराते प्रतियोगिताको पुरुष एकल कातामा बाँस्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो ।
उहाँले काठमाडाँैमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गर्नुभयो ।

यस्तै, महिलातर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउँदै स्वर्ण पदक जित्नुभयो । सशस्त्रका सरिता श्रेष्ठ र सुदूरपश्चिमका वर्षा साउदले कास्य पदक प्राप्त गर्नुभयो । शनिवार, पौष ९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell