Ruslan
Tata /sipradi
Sarbottam Cement

खेलकुद

सातौं राष्ट्रिय खेलकुद, अहिलेसम्म कसले कति पदक जिते ? (पदकतालिका सहित)



विराटनगर, १३ पुस - सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौँ दिन पनि नेपाली सेनाले अग्रस्थान कायमै राखेको छ । khelkud 7th
कबड्डी प्रतियोगिताको उपाधि पनि सेनाले हात पारेको छ ।
आज मोरङको टङ्कीसिनवारीमा सम्पन्न फाइनल प्रतिष्पर्धामा आर्मीले महिला र पुरुष गरी दुवैतर्फको स्वर्णपदक हात पारेको हो ।
पुरुषतर्फ मध्यमाञ्चललाई पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । आर्मीले मध्यमाञ्चललाई ३०÷४७ अङ्कले पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । मध्यामञ्चलले रजत पदक पाएको छ ।

महिलातर्फको फाइनल प्रतिस्पर्धामा नेपाल प्रहरीलाई पराजित गर्दै आर्मीले स्वर्ण पदकमा कब्जा जमाएको हो । आर्मीले २२÷२४ अङ्कले पछि पार्दै स्वर्ण पदक जितेको हो ।
लिग चरणका आधारमा खेलाइएको प्रतिस्पर्धामा पहिलो पटक सहभागिता जनाएका सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चलले पुरुषतर्फ कास्य पदक प्राप्त ग¥यो भने महिलातर्फ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलले कास्य पदक प्राप्त गरका छन् ।
आज साँझसम्ममा सेनाले ८३ स्वर्ण पदक प्राप्त गरेको छ ।
पदकतालिका यस प्रकार छन्ः–

सहभागी टोली स्वर्ण रजत कास्य कुल पदक सङ्ख्या
नेपाली सेना ८३ ४८ ३६ १६७
नेपाल प्रहरी ३२ २७ ३४ ९३
सशस्त्रप्रहरीबल( एपिएफ) २८ २२ ४२ ९२
मध्यमाञ्चल २१ ३७ ४३ १०१
मध्यपश्चिमाञ्चल ७ १३ ३७ ५७
सुदूरपश्चिमाञ्चल ३ १० ४७ ६०
पूर्वाञ्चल ६ ११ ४० ५७
पश्चिमाञ्चल ५ १८ २८ ५१ बुधवार, पौष १३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement