ntc

खेलकुद

सातौं राष्ट्रिय खेलकुदः कसले कति पदक जिते ? (तालिकासहित)

सुनसरी, १४ पुस - सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको छ । 12

आजसम्म सम्पन्न खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन् ।

नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल २११ पदक जितेका छन् । सशस्त्र प्रहरीले ४३ रजत र ५६ कास्यसहित कुल १४५ तथा प्रहरीले ३७ रजत र ३९ कास्यसहित कुल ११६ पदक जितेका छन् ।

यस्तै मध्यमाञ्चलले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यहित १३७, मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, १४ रजत र ४२ कास्यसहित ६४, पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३६ कास्यसहित ६४, आयोजक पूर्वाञ्चलले छ स्वर्ण, १६ रजत र ४७ कास्यसहित ६९ तथा सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक जितेका छन् ।


पदक तालिक यस प्रकार छन्–

क्र.सं. टिम स्वर्ण रजत कांस्य जम्मा
१. नेपाली सेना १०८ ६० ४३ २११
२. सशस्त्र प्रहरी ४६ ४३ ५६ १४५
३. नेपाल प्रहरी ४० ३७ ३९ ११६
४. मध्यमाञ्चल ३१ ४९ ५७ १३७
५. मध्यपश्चिमाञ्चल ८ १४ ४२ ६४
६. पश्चिमाञ्चल ७ २१ ३६ ६४
७. पूर्वाञ्चल ६ १६ ४७ ६९
८. सुदूरपश्चिमाञ्चल ४ ११ ५९ ७४
जम्मा २५० २५१ ३७९ ८८० बिहिवार, पौष १४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam