Nerolac and Nepal life

खेलकुद

रोनाल्डोलाई चीन लान २५० मिलियन पाउण्डको प्रस्ताव

रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई चीनको एक फुटबल क्लबले २५० मिलियन पाउण्डको प्रस्ताव गरेको छ ।

पोर्चुगलका खेलाडीका एजेन्ट जर्ज मेन्डेसले रोनाल्डोलाई चीनको क्लबले प्रस्ताव गरेको र वार्षीक ८५ मिलियन पाउण्डमा चीन लाने प्रस्ताव गरेको बताए । उनले क्लबको नाम भने नखुलेको बताएको बीबीसीले जनाएको छ ।


चीनको क्लबले ३०० मिलियन युरो रियल मड्रिडलाई दिने जनाएको छ भने रोनाल्डोलाई १०० मिलियन प्रतिवर्ष दिने प्रस्ताव गरेको छ । तर, रोनाल्डोले भने त्यसमा इच्छा जनाएका छैन । उनले पैसा नै सवैथोक नभएको बताए ।

कार्लोस टेभेजलाई चीनको फुटबल क्लब सांघाइ सिन्वाले उच्च दरमा भित्र्यासँगै चीनमा चर्चित खेलाडी भित्र्याउने होड नै चलेको छ । शुक्रवार, पौष १५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell