Nic Asia
Sarbottam Cement

खेलकुद

अस्ट्रेलियाले पाकिस्तानलाई इनिङ अन्तरले हरायो, शृंखलामा कब्जा

काठमाडौं, १५ पुस — अन्तिम दिनको नाटकीय खेलमा पाकिस्तानलाई सस्तैमा समेट्दै अस्ट्रेलियाले इनिङ अन्तरको विजय हासिल गरेको छ ।


पहिलो इनिङमा आठ विकेटको क्षतिमा ६२४ रन बनाएर १८१ रनको अग्रता लिएपछि अस्ट्रेलियाले पाकिस्तानलाई जम्मा १६३ रनमा समेटेको थियो । मिचेल स्टार्कको चार, नाथन लियोनको तीन, जोश हेजलवूडको दुई विकेटसँगै पाकिस्तानी ब्याट्स्म्यान धराशायी भए ।

पाकिस्तानका लागि अजहर अलि र सरफराज अहमदले समान ४३ रन बनाएपनि अन्यले खासै योगदान गर्न सकेनन् ।

यसअघि कप्तान स्टिभ स्मिथको १६५ नटआउट र डेभिड वार्नरको १४४ रनको मद्दतले अस्ट्रेलिया पहिलो इनिङमा ६२४ रनको विशाल स्कोर बनाउन सफल भएको थियो । स्मिथ र वार्नरले दोस्रो विकेटका लागि १९८ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानले पहिलो इनिङमा अजहर अलिको नटआउट २०५ रनको मद्दतले नौ विकेटको क्षतिमा ४४३ रन बनाएको भएपनि दोस्रो इनिङमा अत्यन्त खराब प्रदर्शन गर्दै म्याच र सिरिज गुमाउन बाध्य भयो ।

पहिलो टेस्टमा पाकिस्तान ३९ रनले पराजित भएको थियो ।

शानदार १६५ नटआउट रन बनाएका स्टिभ स्मिथ म्यान अफ द म्याच भए ।

तेस्रो तथा अन्तिम टेस्ट पुस १९ गतेदेखि सिड्नीमा शुरु हुँदैछ । शुक्रवार, पौष १५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell