shivam
Nerolac and Nepal life

खेलकुद

भारतको लज्जास्पद हार, पाकिस्तान बन्यो च्याम्पियन

काठमाडौं, ४ असार–च्याम्पियन्स ट्रफीको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको छ । बेलायतको ओवल मैदानमा सम्पन्न खेलमा भारत पाकिस्तानसँग १८० रनले पराजित भएको हो । 264592.3
टस जितेर पाकिस्तानलाई व्याटिङको निम्तो दिएको भारतका लागि त्यो नै घातक सिद्ध भयो । निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले पूरै ओभर खेल्दै मात्र ४ विकेटको क्षतिमा ३३८ रन जोड्यो ।

पाकिस्तानका लागि फखर जमानले ११४ रनको सतकीय इनिङ खेल्दा अजर अलीले ५९, मोहम्मद हाफिजले ५७ रनको योगदान दिए भने बाबर अजमानले ४६ रनको योगदान दिए । यस्तै सोयव मल्लिकले १२ रन बनाए । सोएब मलिक तिनै हुन् जसले भारतीय टेनिस सुन्दरी सानिया मिर्जसँग विवाह गर्दा तहल्का मच्चिएको थियो । निकै उच्च लयको ब्याटिङ पाकिस्तानले गर्दा भारतीय बलरले भेउ पाउनै सकेनन् ।

३३९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको भारत ३०. ३ ओभरमा अलआउट हुँदै मात्र ११८ रनमा समेटियो । भारतको लज्जास्पद हारमा बलिङ र ब्याटिङ दुबै जिम्मेवार रह्यो । भारतको पारीमा हार्दिकले ७६ रन बनाउनु बाहेक अरु खेलाडी पाकिस्तानी बलर सामु टिक्नै सकेनन् ।
भारतको एकपछि अर्को ब्याटिङ ध्वस्त पार्ने क्रममा मोहम्मद अमिर र हसन अलीले समान ३—३ विकेट लिए । यस्तै शादेव खानले २ विकेट लिँदा जुनैद खानले १ विकेट लिए ।


भारत दुई पटकको च्याम्पियन हो । जबकी पाकिस्तानका लागि यो पहिलो मौका थियो र भारतलाई हराउँदै उपाधि रक्षा गर्न सफल भएको छ ।



264597.3 आइतवार, आषाढ ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota