खेलकुद

हिमालयन शेर्पालाई झापा–११ ले हरायो



झापा, १६ पुस -झापाको काँकडभिट्टामा आजदेखि सुरु भएको मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा रमपम झापा –११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँकडभिट्टा माविको खेल मैदानमा आयोजित खेलमा हिमालयन शेर्पा काठमाडौँलाई ट्राइबेकरमा ५–३ को गोलअन्तरले हराउँदै झापा–११ ले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा २–२ को बराबरी भएपछि निर्णयका लागि खेलका रेफ्री लब खत्रीले खेललाई सोझै टाइब्रेकरमा लगेका थिए । झापाका तर्फबाट कप्तान योगेश गुरुङ, कर्ण लिम्बू, रवि थापा मगर, बुद्ध लिम्बू र रजनी धिमालले गोल गरेका थिए ।

हिमालयन शेर्पाका तर्फबाट भूपाल गुरुङ, हेमन गुरुङ र रुपेश केसीले गोल गरे । टिमका विदेशी खेलाडी मोसाले हानेको प्रहार गोलपोष्ट बाहिर गएपछि हिमालयन शेर्पाको खेल यात्रा टुङगिएको थियो ।

यही पुस २३ गतेसम्म चल्ने प्रतियोगिताका विजेता टिमले नगद रु चारलाख एकहजार राशीको पुरस्कार र उपविजेता टिमले नगद रु दुईलाख एकहजार पाउनेछन् ।

खेलको उद्घाटन आजै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले गर्नुभएको थियो । भोलिको खेल आयोजक काँकडभिट्टा गोल्डकप टिम र ब्लु आर्मी, सिलोङ, भारतबीच हुनेछ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका आठ टिमको सहभागिता रहेको छ । पुस १६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस