खेलकुद

साफ महिला च्याम्पियनसीप –भारतसँग नेपाल पराजित

काठमाडौं, १८ पुस–चौथो साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । पराजित भएसँगै नेपाल सेमिफाइलबाट बाहिरिएको छ ।

भारत सिलगुडीस्थित कञ्चनजंगा खेल मेदानमा भएको खेलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको ५८ औं मिनेटमा गोल खायो त्यस्तै भारतले खेलको अन्त्यतिर एक गोल थप्दै तीन गोल पर्यो ।

नेपालका तर्फबाट ७५ औं मिनेटमा पेनाल्टीमा सावित्रा भणडारीले गोल गरेकी थिइन् । यसअघिका तीन भेटमा भारतसँग पराजय बेहोरेको नेपालीइ टोली समूह चरणमा आफ्नो प्रदर्शनका कारण उत्साहीत भएर मैदानमा उत्रिएको थियो । तर, भारतलाई पराजित गर्न भने नेपाल असफल भएको छ । पुस १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस