Ruslan
Tata /sipradi
Sarbottam Cement

खेलकुद

काँकडभिट्टा गोल्डकपः रुपन्देही–११ सेमिफाइनलमा


झापा, १८ पुस - काँकडभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणमा आज भएको खेलमा रुपन्देही–११ सेमिफाइनल प्रवेश गरेको छ ।

फ्यान्स क्लब बिआरसी भुटानलाई ३–१ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

रुपन्देहीका लागि दीपक राईले २ मिनट र ७१ औँ मिनटमा तथा लक्ष्मण रुचालले इन्जुरी समयमा एक गोल गरेका थिए । भुटानका लागि खेलको ८० औँ मिनटमा रमेश केसीले एक सान्त्वना गोल फर्काएका थिए ।

मङ्गलबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सीएमजी सङ्कटा, काठमाडौँबीच हुने आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कोषाध्यक्ष पेनुनोर्बु शेर्पाले बताए ।

शनिबारदेखि काँकडभिट्टाको खेलमैदानमा सुरु भएको प्रतियोगिता यही पुस २३ गतेसम्म चल्नेछ । विजेता टिमले नगद रु चार लाख एक हजार र उपविजेताले रु दुई लाख एक हजार पाउनेछन् । सोमवार, पौष १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement