shivam
Nerolac and Nepal life

खेलकुद

मेस्सीको प्रशंसा गर्दै नेयमार गए पीएसजी, बने सवैभन्दा महँगा खेलाडी

काठमाडौं, २० साउन– ब्राजिलियन फुटबल खेलाडी नेयमान बार्सिनाबाट फ्रान्सेली च्याम्पियन क्लब पेरिस सेन्ट जर्मन गएका छन् । उनी सवैभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोका स्थानान्तरण हुने महँगा खेलाडी बनेका छन् ।

नेइमार पीएसजीसँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको लागि क्लबमा आवद्ध भएका छन् भने उनले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन् ।

केही साता अघि देखि चलेको हल्लाका बीच नेइमार बार्सिलोनामा अभ्यासका लागि पुगेका थिए र आफूले क्लब छोड्न लागेको जानकारी दिएका थिए ।

पीएसजीसँग संझौता गरेका नेयमारले सवैभन्दा महत्वकांक्षी क्लब मध्ये एकको सदस्य भएको खुसी लागेको बताएका छन् । उनले नयाँ टिमका साथीहरुलाई सहयोग गर्न आफू तयार रहेको र हरेक चुनौतीको सामना गर्न तयार रहने बताएका छन् ।

पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सिलोनाबाट पराजित भएको थियो ।

नेयमार बार्सिलोनाबा बाहिरिएपछि अजेन्टिनाका क्याप्टेन लियोनल मेस्सी र उरुग्वेका लुइस स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ । यसले बार्सिलोनाको खेलमा समेत प्रभाव पार्ने बताइएको छ ।
बुधबार मेस्सीले यतिका वर्ष नेयमारसँग खेल्न पाउँदा निकै आनन्द आएको भन्दै नेयमारको जीवनको नयाँ जीवनका लागि शुभकामना ।

त्यसको जवाफमा नेयमारले मेस्सीको प्रशंसा गरेका छन् । उनले भनेका छन्,‘मलाई विश्वास छ मेरो जीवनमा मैले उनीजस्तो अर्को मानिस देखेको छैन, मेस्सी खेल मैदान भित्र र बाहिर पनि मेरा मिल्ने साथी हुन्,उनीसँग खेल्न पाउनु मेरोलागि गर्वको विषय हो ।’ शुक्रवार, श्रावण २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota