Ruslan
Tata /sipradi
Nic Asia

खेलकुद

खुसीले होइन, दवाबमा छोडे धोनीले कप्तानी !

अमित रायकवार

भारत–महेन्द्र सिंह धोनीले अचानक कप्तानी छाड्नाका कारणलाई लिएर कयौं तथ्यहरु सार्वजनिक भइरहेका छन् । हिस्दुस्तान टाइम्सले धोनीलाई कप्तानी छाड्नका लागि दवाव दिइएको जनाएको छ ।

उनले आफ्नो मर्जीले कप्तानी नछाडेको बताएको छ । धोनीले चार जनवरीबाट भारतको वान डे तथा टी २० कप्तानी छाडेका थिए ।

धानीले कप्तानी छाड्ने फैसलाले सबै अचम्ममा परेका छन् । उनले बीसीसीआईलाई पेश गरेको पत्रलाई ध्यान दिने हो भने केही तथ्य वाहिर आउन सक्छ । उनले पत्रमा लेखेका छन्, ‘म राजिनामा पेश गर्दछु, र विराटलाई कप्तान बनाउनका लागि तयार छु ।’

बीसीसीआई प्रमुख सेलेक्टर्स एमएसके प्रसादले नागपुरमा झारखण्ड र गुजरातको मुकावलाका बीच एमएस धोनीसँग भेट गरेका थिए । उक्त साँझ नै धोनीले कप्तानीबाट राजिनामा दिए । यसको केही समयमै एमएसके प्रसादले धोनीले सही समयमा कप्तानी छाडेको र टेस्ट म्याचमा शानदार प्रदर्शन गरिरहेका विराट कोहली तयार छन् ।

बीसीसीआई सूत्रलाई मान्ने हो भने सेप्टेम्बर मा कोहलीलाई कप्तानी दिने पूरा रुप रेखा तयार गरिएको थियो । बीसीसीआई का केही अधिकारीहरुले सन् २०१९ को विश्वकप लाई ध्यानमा राख्दै टीम तयार गर्ने समय आएको भन्दै धोनीसँग छलफल गरेका थिए ।

विराट कोहलीले टेस्ट सीरिजमा लगातार राम्रो नतिजा दिएका छन् । वनडे तथा टी २० मा पनि उनले टीम कमान समाल्ले चर्चा तेज भएको थियो । यसपछि धोनीले कप्तानी छोड्ने फैसला गरेका हुन् । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing