Ruslan
Tata /sipradi
Nic Asia

खेलकुद

सन् २०२६ देखि विश्वकप फूटबलमा ४८ टिम भिड्ने

काठमाडौं, २६ पुस — विश्व फूटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ देखि विश्वकप प्रतियोगितामा ४८ टिमबीच भिडन्त गराउने भएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको यो योजनालाई सबैले समर्थन गरेका थिए ।

जियानी इन्फान्टिनो

जुरिखमा भेला भएका फिफा सदस्यहरूलाई अहिलेजस्तै ३२ टोलीको विश्वकप खेलाउने कि यसमा परिवर्नन गर्ने भनी राखिएका चार प्रस्तावमा मत दिन लगाइएको थियो ।

सन् २०२६ को विश्वकप प्रतियोगितामा तीन टोलीको १६ समूह बनाइने भएको छ ।

बराबरीमा टुंगिने सबै खेल पेनाल्टी शूटआउटबाट निर्णय गराउने प्रस्ताव इन्फान्टिनोले राखेका थिए । यसो गर्दा समूहको अन्तिम खेलमा अर्को टोलीलाई माथिल्लो चरणमा जान नदिन गरिने षड्यन्त्र सफल नहुने उनको विश्वास छ ।

द गार्डियन
मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon