Ruslan
Tata /sipradi
Nic Asia

खेलकुद

अर्जेन्टिनामा मेस्सीको प्रतिमा तोडफोड, कसले गर्‍यो ?

काठमाडौं, २७ पुस–सुपर स्टार लिओनल मेस्सीको अर्जेन्टिनामा रहेको तामाको प्रतिमा तोड फोड गरिएको छ ।

अर्जेन्टिनाका तथा बार्सिलोनाका सुपरस्टार मेस्सीको राजधानी ब्यूनर्स आयर्समा गत जुनमा प्रतिमा राखिएको थियो ।

मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका थिए ।

मेस्सीको उक्त प्रतिमाको टाउको, हातलगायतका क्षति पु¥याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण भइरहेको जनाएका छन् ।
यो क्षेत्रका मुर्तिहरु पहिले पनि चोरहरुको निशानामा पर्ने गरेका वीवीसीले जनाएको छ ।

मेस्सीको प्रतिमा ब्युनर्स आयर्सको ग्लोरी स्ट्रिटमा छ ।  जहाँ अर्जेन्टिनाका अन्य खेल स्टारहरुको प्रतिमा राखिएको छ । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon