खेलकुद

क्रिकेट : पाकिस्तानविरुद्ध श्रीलंकाको ऐतिहासिक जीत

काठमाडौं, २४ असोज — पाकिस्तान र श्रीलंकाबीचको दुई टेस्ट शृंखलाको दोस्रो टेस्ट ६८ रनले जितेर श्रीलंकाले इतिहास बनाएको छ ।


पाकिस्तानविरुद्ध श्रीलंकाले शृंखला नै क्लीन स्वीप गरेको यो पहिलोपटक हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङमा दिमुथ करुणारत्नेको १९६ रनको मद्दतले ४८२ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले अजहर अलिको ५९ र हरिस सोहेलको ५६ रनको मद्दतमा २६२ रन बनाएको थियो ।
श्रीलंकाभन्दा २२० रनले पछि परे पनि पाकिस्तानले फलोअनको सामना गर्नुपरेन ।

दोस्रो इनिङमा भने पाकिस्तानले घातक बलिङ गरेर श्रीलंकालाई ९६ रनमै समेट्यो । वहाब रियाजले चार र हरिस सोहेलले तीन विकेट लिए ।

कुशल मेन्डिसको २९ रन नै सर्वाधिक स्कोर रह्यो ।

जीतका लागि ३१७ रन पछ्याएको पाकिस्तान २६२ रनमा अलआउट भयो । असद शफिकले ११२ र कप्तान सरफराज अहमदले ६८ रन बनाएपनि अन्य ब्याट्सम्यान जम्न नसक्दा पाकिस्तानले हार बेहोर्नुप–यो ।

दिलरुवान परेराले पाँच विकेट हात पारे । उनले म्याचमा कुल आठ विकेट लिए ।

शृंखलाको पहिलो म्याचमा श्रीलंका २१ रनले विजयी भएको थियो ।

असोज २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस