खेलकुद

अन्ततः अर्जेन्टिना विश्वकपमा छनोट, मेस्सीको ह्याट्रिक

एजेन्सी, २५ असोज— अन्ततः अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिना सन् २०१८ मा  रसियामा हुने विश्वकपमा छनोट भएको छ ।messi
इक्वेडरलाई ३—१ गोल अन्तरले हराएसँगै अर्जेन्टिना विश्वकप छनौट भएको हो । इक्वेडरमा भएको महत्वपूर्ण खेलमा अर्जेन्टिनी कप्तान लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यसअघिका महत्वपूर्ण खेलमा पराजित भएसँगै अर्जेन्टिनाको विश्वकप खेल्ने यात्रा कठीन बन्दै गएको थियो ।

खेलमा इक्वेडरले पहिलो मिनेटमा गोल गरेको थियो । तर, मेस्सीले १२ औं मिनेटमा बराबरी गोल गरे भने २० औं मिनेटमा दोस्रो र ६२ औं मिनेटमा पनि गोल गर्दै ह्याट्रिक गरे । असोज २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस