Ruslan
Tata /sipradi
Nic Asia

खेलकुद

यी किशोरी एक्लैले क्रिकेट म्याच जिताउँदा विश्व चकित

काठमाडौं, २ पुस – १९ वर्षमुनिको महिला क्रिकेटमा दक्षिण अफ्रिकाकी सानिया– लि स्वार्तले अनौंठो स्कोर तय गरेकी छिन् । _bba03bfa-c34e-11e6-913d-826c0833a15d
गत सोमबार भएको इस्टर्नविरुद्धको खेलमा उनी एक्लैले टोलीलाई १६० रनको योगदान दिँदा एक्ट्रा ९ रन जोड्दै १६९ रनको योगदान दिन सफल भइन् ।
जवकी उनी अघिकी ओपनर ब्याट्वुमन स्वानीपोएल १० बलको समना गर्दा ० रनमै आउन भएकी थिइन् । त्यसपछिको ब्याटिङ सम्हालेकी उनले ६८ बलको सामना गर्दै १८ चौका र १२ छक्कासहित १६० रन जोडेकी थिइन् । उनकै एतिहासिक प्रदर्शनका कारण एमपामालांगाले इस्टन यु–१९ लाई ४२ रनले हराउन सफल भएको थियो ।
उनको उत्कृष्ट प्रदर्शनको अहिले विश्वभर चर्चा भइरहेको छ ।
स्वार्त टी–२० क्रिकेटमा सर्वाधिक स्कोर गर्नेको तेस्रो  नम्बरमा सूचिकृत हुन सफल भएकी छन् । यसअघि क्रिष गेलले सन् २०१३ मा १७५ र जिम्वाबेका हामिल्टोन मासाकाड्जाले यसैवर्ष १६२ रन बनाएका थिए ।





शनिवार, पौष २, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon