खेलकुद

मैत्रीपूर्ण महिला फूटबल म्याचमा नेपालले मलेसियालाई हरायो

काठमाडौं, २ पुस — नेपालले मलेसियालाई मैत्रीपूर्ण महिला फुटबलमा १–० ले हराएको छ ।


शनिवार सातदोबाटोस्थित एम्फा कम्प्लेक्समा भएको प्रतियोगितामा सावित्रा भण्डारीले खेलको २७ औं मिनेटमा हानेको गोल नै निर्णायक बन्न पुग्यो ।

यसअघि र पछि दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

खेलपछि सावित्राले टीमको लागि गोल गर्न सकेकोमा खुशी व्यक्त गरिन् । पुस २, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस