Ruslan
Tata /sipradi
Nic Asia

खेलकुद

मलेसियासँगको क्रिकेटमा नेपालको खराब शुरुवात

काठमाडौं, ३ पुस–एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले जीतका लागि १५४ रनको लक्ष पाएको छ ।

मलेसियाले दिएको १५४ रनको लक्ष पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ ।
सात ओभरको समाप्तिमा नेपालले २८ रन जोडेको छ । र, आफ्नो दुई विकेट गुमाएको छ ।

असिफ खान र अदिल खान आउट भएका हुन् । उनीहरु दुवै मलेसियाली बलर मोहमद हफिजको बलमा एलवीडब्ल्यू भएका थिए । असिफले १ रन जोडे भने अदिल शून्य रनमै आउट भए । यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनाएको थियो । आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell