shivam
Nerolac and Nepal life

खोज

फलोअप : प्लटिङको पर्खाल भत्कँदा निधन भएका विद्यार्थीका परिवारले पाए क्षतिपूर्ति, अदालतमा मुद्दा चल्दै

गत बर्ष स्कूलनजिकैको पर्खाल भत्केपछि

 

काठमाडौं, २७ साउन– एक बर्षअघि ललितपुरको गोदावरीस्थित पुष्पाञ्जली बोर्डिङ स्कूलका दुई विद्यार्थीको स्कूलसँगै जोडिएर गरिएको प्लटिङको पर्खाल भत्कदा ज्यान गएको थियो ।

गत वर्ष असार १७ गते स्कूलको पछाडि जग्गा प्लटिङ गरिएको पर्खाल भत्किएर तीन कक्षामा अध्ययनरत कृपा राई र अन्जली पुनमगरको ज्यान गएको थियो । जसमा तीन र आठ कक्षाका गरी १९ विद्यार्थीहरु घाइते भएका थिए ।

उक्त घटनाको छानवीनको लागि गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरिएको थियो ।

मापदण्द विपरीत ८ फीटको पर्खाल बनाएका कारण उक्त घटना घटेको भन्दै प्लटिङ व्यवसायी दोषी भएको निष्कर्ष समितिले निकालेको थियो ।

छानबीन समितिको उक्त निष्कर्षपछि जग्गा प्लटिङ व्यवसायीले मृतक परिवारलाई १०/१० लाख क्षतिपुर्ति दिएका थिए ।
नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु ।

घटनापछि ललितपुर जिल्ला प्रहरी कार्यालयले जग्गाधनी कर्मा वाङदेल लामा र उनका साथीहरु नारायण थापा, नरेश ब्रजाचार्य र प्रदीप कार्कीमाथि भवितब्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । र गत मंसिर १५ गते अदालतको आदेश अनुसार तारेखमा रिहा भएका थिए । यस मुद्दामा अदालतको फैसला अहिलेसम्म आएको छैन् ।

नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु ।


संखुवासभा घर भएका राजेन्द्र राईकी छोरी हुन् कृपा राई । कृपा बहिनीसँगै दाजु प्रज्वल राई पनि पुष्पाञ्जली स्कूलमै पढ्ने गर्थे । उक्त घटनापछि भने दाजु प्रज्वल गोदावरी रिसिडेन्टल स्कूलमा अध्ययन गरिरहेका छन् । उनको विद्यालयस्तरसम्मको सम्पूर्ण पढाई खर्च पुष्पाञ्जली स्कूलले व्यहोर्ने भएको छ ।

प्यूठान तोरबाङकी अन्जना गोदावरीस्थित आमाघरमा बस्दै आएकी थिइन् । पाँच बर्षको उमेरमै बुबा गुमाएकी उनको आमा र भाइ प्यूठानै बस्दै आएका छन् ।
पर्खाल भत्केर बिग्रेको कक्षा कार्यक्रम हलका रुपमा परिणत

भत्केको कक्षा कोठालाई पुष्पाञ्जली स्कूलले कार्यक्रम हलका रुपमा परिणत गरेको छ । भत्केको पर्खालबाट आठ मिटर पछाडि सर्दै विद्यालयले प्रि फाइभबाट हलको निर्माण गरेको छ । उक्त कक्षालाई कक्षाकै रुपमा सञ्चालन गर्दा विद्यार्थीमा मानसिक रुपमा नराम्रो प्रभाव पर्न सक्ने कारण कार्यक्रम हलको रुपमा विकास गरेको शिक्षक कुलप्रसाद चापागाइँले जानकारी दिए ।
नयाँ बनेको प्रि फाइभको विद्यालय भवनमा विद्यार्थीहरु ।

विद्यालय प्रशासनले स्कूल नजिकैको अर्को जग्गामा प्रि फाइभको दुई तल्ले भूकम्प प्रतिरोधी भवनको निर्माण गरेको छ । जसमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु अध्ययन गर्छन् ।

विद्यालयले मृतक विद्यार्थीहरु कृपा राई र अन्जनाको संयुक्त नाममा कृपाञ्जली नाम राखेर अक्षय कोषको स्थापना गरेको छ । यस्तै प्राकृतिक विपत्तिका कारण विद्यार्थीलाई कुनै समस्या परेमा सहयोग गर्ने उदेश्यले दुई लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको विद्यालय प्रशासनले जानकारी दिए । शुक्रवार, श्रावण २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota