shivam
Nerolac and Nepal life

खोज

हाउजिङले बनाएको पुलले बाढी छेक्दा ललितपुरको हात्तीवनमा डुवान


ललितपुर, २८ साउन– ललितपुर कर्मनाशा खोलामा आएको बाढीका कारण ललितपुरको हात्तीवन क्षेत्र डुवानमा पारेको छ ।

शुक्रबारदेखि अविरल वर्ष भएसँगै कर्मनाशा खोलामा बाढी आएपछि ललितपुरको हात्तीवन क्षेत्रका स्थानीयको घरमा बाढी पसेको छ भने मानिसहरु घरका छतमा र सुरक्षीत स्थानमा गएका छन् ।

खोला नजिक रहेका विद्यालयहरुमा पूर्ण रुपमा पानी पसको छ । घरहरुमा समेत ४ फुटसम्म पानी पसेको छ ।

हात्तीवनमा रहेको मेरो सिटी अपार्टमेन्टले बनाएको पुलले पानीको बहाव रोक्दा अन्य घरहरुमा पानी पसेको छ । उक्त पुल मापदण्ड विपरित बनेको कारण समस्या आएको स्थानीयले आरोप लगाए ।

ललितपुर महानगरपालिकाको डोजरले मेरो सिटी हाउजिङले बनाएको पुलले बहाव छेकेपछि त्यसलाई खोल्ने प्रयास गरिरहेको छ । यस अघि स्थानीयले मापदण्ड विपरित पुल बनाइएको भन्दै उक्त पुललार्इ भत्काउन माग गर्दै अाएका थिए । 

विहान साढे ९ बजेपछि पानीको बहाव बढेपछि बस्तीमा पानी पसेको छ । हरिसिद्धिका स्थानीयले प्लटिङ गर्नेले खोलाको सीमा मिचेको र साघुरो बनाएका कारण वस्तीमा पानी पसेको आरोप लगाएका छन् । खोला आठ फूट भन्दा कम चौडाइमा समेटिएको कारण समस्या परेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota