अनौठो संसार

यी हुन् किम जोङ–उनकी पूर्वप्रेमिका, यसकारण मन पराएका थिए

काठमाडौं, २६ असोज — अमेरिकासँग लगातार तनाव बढ्दै जाँदा शनिवार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्नो पार्टीमा परिवर्तन गरेका छन् ।


परिवर्तनका क्रममा किमले आफ्ना निकटस्थहरूका साथसाथै आफ्नी पूर्वप्रेमिका ह्योन सोङ–वोललाई पनि केन्द्रीय समितिमा बढुवा गरेका छन् ।

उत्तर कोरियामा युवतीहरूको सांगीतिक समूह मोरानबोङ चलाउने ह्योन कुनै बेलामा किमकी स्वकीय सचिव थिइन् । उनले किमसँग डेटिङ गरेकी थिइन् ।

किमले ह्योनलाई पहिलोचोटि मोरानबोङ ब्यान्डको लीड सिंगरका रूपमा गीत गाउँदै गर्दा भेटेका थिए ।

यो ब्यान्डले गीत गाएर उत्तर कोरियाका लागि प्रोपागान्डा गर्छ ।

सन् २०१२ को डिसेम्बरमा चीनको एक सांगीतिक कार्यक्रममा गाउन अस्वीकार गरेर ह्योन चर्चामा आएकी थिइन् ।

चीनका अधिकारीहरूले स्टेजको पृष्ठभूमिमा उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारको तस्वीर देखाउन अस्वीकार गरेपछि ह्योन ब्यान्डसहित आफ्नो देश फर्केकी थिइन् ।

अगस्ट २०१३ मा ह्योनको मृत्यु भएको हल्ला चलेको थियो । केही समाचारहरूमा ह्योनले सेक्स टेप बनाएकाले किमले फाइरिङ स्क्वाडबाट ह्योनको हत्या गराएको उल्लेख थियो ।

तर त्यसको एक वर्षपछि ह्योन नेसनल टेलिभिजनमा लाइभ आएपछि यी अनुमानहरूमा ब्रेक लागेको थियो ।

ह्योनले पार्टीमा ठूलो पद पाएपछि उनकी बहिनीलाई पनि केन्द्रीय समितिमा ठाउँ दिइएको छ ।

केन्द्रीय समितिमा किमले आफ्ना विशेष मानिसहरूलाई ठाउँ दिन्छन् र पार्टीका ठूला फैसलाहरू पनि यिनै व्यक्तिहरूले लिन्छन् ।

एजेन्सी

असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस