Nic Asia
cocacola

स्थानिय निर्वाचन

तराईमा मध्यरातसम्म चुनाव प्रचार, चर्को माइकिङ गरेर ध्यान तान्ने होड !

बिमल गौतम/ अजय अनुरागी

गढिमाइ, (बारा) २९  भदौ -चुनाव प्रचार प्रसारको समय सकिन दुइ दिन बाँकी रहदा तराइका जिल्लामा राजनीतिक दलका कार्यकर्ताहरु मध्यरात सम्म चुनाव प्रचार प्रसारमा लागेका छन् । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो उम्मेदवारलाई विजयी बनाउन राती साढे ११  बजेसम्म चुनाव प्रचारमा लागेको पाइएको छ ।

night 4
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोलमा राती सवा दशबजेसम्म चर्को श्वरमा माइक बजाउदै दलका कार्यकर्ता चुनाव प्रचार प्रसारमा व्यस्त थिए । ‘डिजे’ सहित भोजपूरी भाषामा उम्मेदवारहरुले आफ्नो प्रतिबद्धतापत्र सहितको गीत बनाएर टोल टोलमा बजाइरहेका थिए ।
21733412_1557134461004101_444496314_n

नेपाली कांग्रेसका तर्फवाट पुरुषोत्तम पाण्डे, नेकपा एमालेबाट अलिराज कवारी र माओवादी केन्द्रबाट नसीव अन्सारी उम्मेदवार छन् । संघीय समाजवादी फोरम नेपालका तर्फवाट पवनकिशोर शाह, राष्ट्रिय जनता पार्टीका तर्फबाट डा अख्तर आलम अन्सारी उम्मेदवार छन् । night 5

राजपा उम्मेदवार अन्सारीले रामपुरटोल चोकमै कार्यालय खोलेर स्कुले बालबालिकाहरु अवेर रातीसम्म डिजे दन्काउदै नाचगान गरिरहेका थिए । नाचगानमा सहभागि १६ बर्षीय बिद्यार्थी सलमान अन्सारीका अनुसार राती शान्ति हुन्छ, चर्को श्वरमा म्युजिक बजाउदा मान्छेको कान कानमा सुनिने, आफूहरुलाई पनि रमाइलो हुने हुनाले डिजे बजाएको हो । चुनाव प्रचारका गीत बजाउन राजनीतिक दलले कार, जिप, ट्याक्टर, टेम्पो र इरिक्साको प्रयोग गरेका छन् । तराइका बारा, पर्सा क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडी छ्याप छ्याप्ती प्रयोग भइरहेका छन् ।

‘राम्रा नीति तथा कार्यक्रम देखाएर कसैले सुन्दैन, तराइको चुनावमा चर्को माइकिङ र हल्लाखल्ला जरुरी हुन्छ’ बाराको सिमरामा भेटिएका एक उम्मेदवारले भने । night3
राजपा उम्मेदवारको छेउमै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तमसिंह पाण्डे आफ्ना कार्यकर्ताहरु सहित चुनाव प्रचार प्रशारका रणनीतिहरु बनाइरहेका थिए । ‘दिउसोको समयमा मानिसहरु आआफ्नो काममा व्यस्त हुने भएकोले रातीको समयमा प्रचार प्रसार गर्नु परेको छ’ उनले लोकान्तरसँग भने ।

दिउसो ज्यादा गर्मी हुने भएकोले पनि विहान, साँझ र रातीको समयमा प्रचार प्रभावकारी भइरहेको उम्मेदवारहरु बताउछन् । night 1

उम्मेदवारहरुले जे जस्तो दावी गरेपनि स्थानीय ६५ बर्षीय बृद्धले नाम नलेख्न आग्रह गर्दै रातीको समयमा युवाहरुलाई खुसी पार्न भोज भतेर तथा मदिरापान गराउन रातीको समयमा यस्ता कार्यक्रम भएका हुन् । मतदाताहरुलाई प्रलोभनमा पार्न समेत उपयुक्त समय भएकोले पनि उम्मेदवारहरुले रातीको समयलाइ नै जोड दिएका उनको दावी छ । night

कांग्रेस उम्मेदवार पाण्डेले आफूले चुनाव जिते सबभन्दा पहिले वडामा सडक निर्माण गर्ने प्राथमिकता रहेको बताए । कलैया उपमहानगरपालिका भएपनि उपमहानगरका केही ग्रामीण वडामा शिक्षा, स्वास्थ्य लगायतका समस्याहरुलाई समाधान गर्दैै खुल्ला दिशामुक्त क्षेत्र बनाउन आफ्नो प्राथमिकता रहने उनले बताए ।
21744669_1557134671004080_640883487_nchunab 1chunab



बिहिवार, भाद्र २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti