सम–सामयिक

निर्वाचन आयोगले सरकारलाई भन्यो - प्रभावकारी सुरक्षा व्यवस्था मिलाउ


काठमाडौं, ५ असार - निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न पार्नकाे लागि कुनैपनि घटना हुन नदिने गरि कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाउन उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुलाई अयोगले आग्रह गरेको छ ।

साथै मनोनयन दर्ता गर्दा आइतवार कपिलवस्तुमा घटेको घटनाप्रति निर्वाचन आयोगले दुःख प्रकट गरेको छ । कपिलवस्तुमा मनोनयन दर्ताको समयमा टाइम बम विष्फोट हुँदा ९ जना घाइते भएका छन् । असार ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस