राजनीति

दशगजामा भारतविरुद्ध लडेका देवनारायण यादव एमालेमा प्रवेश


काठमाडौं, २६ असोज– गत वर्ष भारतीय ज्यादतीको विरोधमा नेपाल–भारत सीमा क्षेत्र (दशगजा)मा रगत बगाएर चर्चित बनेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका स्थायी बासिन्दा देवनारायण एमाले प्रवेश गर्न बुधवार काठमाडौं आएका थिए । सिंहदवारस्थित एमाले संसदीय दलको कार्यलयमा आयोजित कार्यक्रममा देवनारायण बिहीवार एमालेमा प्रवेश गरेका हुन् ।

छोराले वालविवाह गरेको आरोपमा देवनारायणलाई हालै भारतीय प्रहरीले पक्राउ गरेको थियो । सरकारले गरेको कुटनीतिक पहलपछि देवनारायण केही दिन अगाडि मात्रै भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त भएका थिए । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस