संगीत

गायिका कल्पनाको तीज गीत ‘रानी चरी बगला’ को छायांकन सकियो

गुल्मी ११ असार – हिन्दु महिलाहरुको महान पर्व तीज आउन झण्डै २ महिना बाकी रहँदा कलाकार तथा गीतकारहरुलाई भने तीजको रौनकले छोएको छ । कलाकारहरुलाई गीत रेकर्डसँगै म्युजिक भिडियो छायांकनले कलाकारहरुलाई तीज लागेको छ । सबै कलाकारहरुले तीजलाई मध्यनजर राखेर गित निकाल्ने गरेका छन् ।

तीज पर्वमा गाईने गितहरु सबैजसो कलाकारले मौलिकतालाई नछोइ फरक फरक खालका गितहरु निकाल्ने गर्ने गर्दछन् ।

तर यो वर्षको तीजलाई मध्यनजर राखेर गायिका कल्पना कुसुकले मौलिकताले भरिएको तीजको कोशेली ‘कहाँमा जान्छौ रानी चरी बगला’ बोलको गितको भिडियो छायांकन गरेकी छन् । तिज पर्वमा गाइने वास्तविक भाकालाई गीतमा समावेश गरेकी छिन् ।

तीजमा नारीहरुले गाउने यथार्थ भाकालाई उनको गीतमा पाउन सकिन्छ । उक्त गीतको शुक्रबार काठमाडौंमा छायांकन गरिएको छ । नारी वेदना नारीको याथार्थ भावलाई उनको गीतले चित्रण गरेको छ । गीतकार बैकुण्ठ महतको लय, महत र नारायण सापकोटाको शब्द रहेको गितमा गायिका कुसुमको सुमधुर स्वर रहेको छ । पश्चिम क्षेत्रमा गाइने प्रचलित भाकालाई आउँदो साउन १ गतेबाट बजारमा ल्याउने तयारी रहेको उक्त गितकी गायिका कुसुमले बताइन् ।
असार ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस