संगीत

नेपाल आईडलबाट रुँदै बाहिरिए राहुल विश्वास, यी ३ प्रतिस्पर्धी भए भाग्यमानी

काठमाडौं, २३ असार— चर्चित बन्दै गएको रियालीटी सो नेपाल आईडलबाट राहुल विश्वास बाहिरिएका छन् । गाला राउण्डको टप १२ बाट विश्वास बाहिरिएका हुन् ।rahul
टप १२ को गाला राउण्डमा विश्वाससहित सन्ध्या जोशी, प्रताप दास र मेनुका पौडेल डेन्जर जोनमा परेका थिए । तर, दर्शकले दिएको भोट कम भएको आधारमा विश्वास पछि पर्दै प्रतियोगिताबाट बाहिरिएका हुन् । विश्वास बाहिरिँदा डेन्जर जोनमा परेका मेनुका, प्रताप र सन्ध्या भने भाग्यमानी बने ।
प्रतियोगिताबाट बाहिरिएको घोषणा उद्घोषकले गरेसँगै निकै भावुक बनेका विश्वासले आफूले संगीतमा केहि गरेरै छाड्ने बताए । ‘नेपाल आइडलबाट धेरै सिक्ने मौका पाएँ । इन्दिरा म्याम न्ह्यु र काली सरबाट धेरै मायाँ पाएँ’, भावुक हुँदै उनले भने, ‘यहाँबाट बाहिरिएपनि आईएम गन अ रक.... ।’ उनी बाहिरिँदै गर्दा अरु प्रतिस्पर्धी पनि भावुक बनेका थिए ।
दर्शकले दिएको भोटको आधारमा ११ जना प्रतिस्पर्धी भने अघिल्लो चरणमा पुगेका छन् ।
टप ११ मा मेनुका, प्रताप र सन्ध्यासहित निशान भट्टराई, केन्जल मेहर श्रेष्ठ, सुरज थापा, बुद्ध लामा, प्रमिला राई, सागर आले, उल्सन श्रेष्ठ र सुजाता पाण्डे पुगेका हुन् ।
नेपाल आइडलको अर्को राउण्डमा यी ११ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ ।

को हुन् राहुल ?
२१ वर्षीय बाँकेका राहुल स्नातक तहमा अध्ययनरत हुन् । सानैदेखि गीतसंगीतमा रुचि भएका उनले नेपाल आइडलका अघिल्ला एपिसोडहरुमा उत्कृष्ट प्रस्तुति दिँदै टप १२ सम्म पुुगेका हुन् ।
सुगम पोखरेल, एड्रियन प्रधान, नारायण गोपाललगायत मन पर्ने गायक हुन्, उनका । करनराज कार्कीसँग संगीत सिकेका विश्वास आधुनिक, पप, रक गीत गाउँछन् ।
विश्वासले काठमाडौंबाट नेपाल आइडलमा अडिसन दिएका दिए ।

फाइल तस्बिरः एपीवान असार २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस