संगीत

नेपाल आइडलबाट बाहिरिए सुरज थापा, निशान र सुजाता बने भाग्यमानी

काठमाडौं, २ भदौ— रियालिटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । शुक्रबार राती भएको नेपाल आइडलको टप ६ को प्रतिस्पर्धाबाट नेपालगन्जका उनी बाहिरिएका हुन् ।suraj thapa

उनीसँगै कम भोट पाएको आधारमा बटम थ्रीमा परेका सुजाता पाण्डे र निशान भट्टराई भने अन्तिम ५ मा पुग्न सफल भएका छन् ।

अब अन्तिम ५ मा निशान  तथा सुजातासँगै, बुद्ध लामा, सागर आले र  प्रताप दासबीच प्रतिस्पर्धा हुने छ ।

राजधानीबाट अडिसन दिएका ३० वर्षीय सुरजले आइडलमा सबैखालको गीत गाएर दर्शकको मन जितेका भएपनि कम भोट पाएको आधारमा उनी बाहिरिएका हुन् । भदौ ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस