खोज/विशेष : फिचर

६० हजार नेपालीले गरे आँखादानको प्रतिबद्धता, ११ हजारले पाए जीवनज्योति


काठमाडौ, २३ भदौ – सन् १९९४ भन्दा अगाडि नेपालमा मोतियाविन्दु लगायत आँखासमबन्धी विभिन्न संक्रमण भएर दृष्टि गुमाएकाहरूले उपचार पाउँदैनथिए । सस्तो उपचारबाट फेरि आँखाको ज्योति फर्कने भएपनि आँखा दान गर्ने अर्को व्यक्ति नपाउँदा उनीहरू जीवनभर दृष्टिविहीन बन्नुपर्थ्यो ।

तर नेपालमा आँखाको नानी प्रत्यारोपण सेवा शुरु भएसँगै मोतियाविन्दु भएर आँखाको ज्योति गुमाएकाहरूले नेपालमै जीवनज्योति पाउन थालेका छन् ।

सन् १९९४ मा नेपाल आँखा बैंकको स्थापना भएपछि दृष्टिविहिनहरूले नयाँ आँखा प्राप्त गर्न पाए । आँखाको नानी संकलन गर्ने कार्य सुरुभएपछि आँखा दान गर्न चाहनेहरू पनि भेटिए । नेपाल आँखा बैङ्कको तथ्याङ्क अनुसार काठमाडौंकी चिनिमाया तुलाधरले पहिले पटक आफ्नो दुई ओटा आँखा दान गरेकि थिइन् ।

आँखामा विभिन्न रोगको संक्रमणबाट नानीमा समस्या भई आँखाको ज्योति गुमाएका एक व्यक्तिले तुलाधरको नयाँ आँखा पाप्त गरेर नयाँ जीवन पाए । यस्तै सन् १९९५ मा २ जनाबाट ४ ओटा आँखाको नानी दान भयो ।

मानिसको मृत्यु पछि दान गर्न सकिने अंग मध्य आँखाको नानी पनि एक हो । तर नेपाली समाजमा आँखा दान गर्दा अर्को जन्ममा आँखा हुदैन भन्ने जनविश्वारले आँखा दान गर्नेहरू निकै कम थिए । आँखा बैङ्का स्थपनाकालमा नेपालमा आँखा दान गर्नेहरू निकै कम थिए ।

नेपालमा सन् १९९४ देखि १०९८ सम्म आँखाको नानी बाहिर देशहरूबाट ल्याएर आँखाका रोगीहरूलाई आँखाको नानी पत्यारोपण गरिएको नेपाल आँखा बैङ्कका प्रवन्धक शंख नारायण तोयनाले बताउछन् ।

‘४ वर्षको अवधिमा बाहिर देशहरूबाट ४ सय ५३ वटा आँखाको नानी ल्याइएको थियो । तर समय र मानिसको चेतना स्तर बढ्दै गएसंगै अंग दान गर्नेहरू पनि बढ्दै गएका छन्’ उनले लोकान्तरसँग भने ‘हामीले स्थापना काल देखि पशुपति आर्यघाट, काठमाडौंमा रहेका वीर, टिचिङ अस्पतालहरूबाट आँखाको नानी संकलन गरेका थियौ ।’ त्यसतिबेला अस्पताल र पशुपति आर्यघाटमा शबको अन्त्यष्टि गर्न आउने मृतकका आफन्तहरूलाई आँखा दान गर्न आग्रह गरिने र आफन्तहरूले चाहेमा मृतकको आँखाको नानी निकालिन गरेको तोयना बताउछन् ।

पशुपति आर्यघाट र अन्य अस्पतालहरूमा बैङ्कका केहि प्राविधिक परिचालन गरी मृतकका आफन्तलाई मनोपरामर्श दिने कार्य अहिले पनि जारी नै रहेको तोयनाले बताए । अहिलेपनि पशुपतिार्यघाट र विद्युतीय सबदाह गृहमा आखाँको नानी संकलन केन्द्र स्थापना गरी आँखाको नानी संकलन हुने गरेको छ ।

नेपालमा आँखा बैङ्क मार्फत आँखाको नानी संकलन गरी स्थापना कालदेखि हाल सम्म १० हजार ७ सय ६० जनाको आँखाको नानी पत्यारोपण भइसकेको आँखा बैङ्कका प्रवन्धक तोयनाले बताए ।

हाल आँखा दान गर्छु भनेर आँखा दान इच्छापत्रको फारम भर्नेहरू पनि बड्दै गएका छन् । नेपालमा आलसम्म ६० हजार भन्दा बढि व्यक्तिले आफ्नो मृत्युपछि आँखा दान गर्ने प्रतिवद्धता जनाउदै इच्चापत्र पनि बनाएका छन् ।

नेपालका विभिन्न आँखा अस्पतालहरूमा महिनामा ६० ओटा आँखाको नानी पत्यारोपण हुने गरेको तोयनाको भनाइ छ । उनका अनुसार नेपालमा आँखा दान गर्नेहरू बढ्न थालेको र नेपाल आँखाको नानीमा आत्मनिर्भर हुदै गएको छ ।

आँखाको नानी दान गर्न चाहने जो कोहि व्यक्तिले पनि स्वाइच्छाले आँखा दान गर्न पाउनछन् । आँखा दान मृत्युपछि गर्न मिल्ने भएपनि मानिसहरूले मृत्यु अगावै आँखा दान गर्नै इच्छापत्रमा आफुले आँखा दान गर्छु भनि प्रतिवद्धता जनाएका हुन्छन् ।

आँखा दान गर्न चाहनेले प्रतिवद्धता स्वरुप मृत्यु अगावै इच्छापत्रको फारम भरेर परिचय पत्र लिन सकिने नेपाल आँखा बैङ्कका प्रवन्धक तोयनाले बताए । ‘आफ्नो मृत्युपछि आफ्नो आँखादान गर्न चाहनेले अग्रिम पतिवद्धता जनाउन नेपाल आँखा बैङ्कको इच्छा पत्रको फारम भरेर परिचय पत्र लिन सक्छन्’ उनले लोकान्तरलाई भने, ‘इच्छापत्रको फारम भर्दा २ ओटा फोटो सहित आफुभन्दा तल्लो उमेरको दुई जना आफन्तलाई साक्षि राखेर फारम भर्न सकिन्छ ।’

आँखा दान गरेपछि आँखाको दृष्टि गुमाएको व्यक्तिमा पत्यारोपण हुन्छ । त्यसैले आँखा दान गर्ने व्यक्ति स्वास्थ्य हुनु आवश्यक छ । बैङ्कका प्रवन्धक तोयनाका अनुसार रगतबाट सर्ने रोगहरूको संक्रमण नभएका व्यक्तिले मात्र आँखा दान गर्न मिल्छ । मानिसको मृत्यु पछि नै आँदा दान गर्न मिल्ने भएपनि विभिन्न अवस्थामा भने आँखा दान गर्न नमिल्लने उनको भनाई छ ।



आँखा दान गर्ने व्यक्तिमा यस्तो रोग हुनु हुदैन

१. आँखा दान गर्ने व्यक्रिमा एचआइभि, हेपटाइटिस संक्रमित व्यक्तिको आँखा दान गर्न मिल्दैन ।

२. सर्पले टोकेर, आगो तथा विभिन्न रसायनले पोलेर मृत्यु भएका व्यक्तिको आँखा दान दिन मिल्दैन ।

३. रगतबाट सर्ने रोगहरू संक्रमण नभएको व्यक्तिले मात्र आँखा दान गर्न सक्छन् ।

आँखाको दान गर्दा मृतकको आँखाको नानी मात्र निकालिन्छ । आँखा दान दिन चाहने मृतकको आफन्तले पनि आँखा दान गर्नुअघि विभिन्न कुरामा ध्यान दिनुपर्ने प्रवन्धक तोयनाको भनाई छ । ‘आँखा दान गर्न चाहने व्यक्तिको मृत्यु पछ्चात उनको आफ्न्तले आँखा दान गर्न चाहेमा मृतकलाई घाममा राख्नु हुदैन । यस्तै अविरहरू आँखामा पार्नुहुदैन । मानिसको मृत्यु हुनासाथ मृतकको आँखा बन्दगरिदिनुपर्छ’ उनले भने ।

मानिसको मृत्यु पछि यसरी निकालिन्छ आँखाको नानी

४.मानिसको मृत्यु भएको १२ घण्टा सम्मको आँखाको नानी मात्र अर्को व्यक्तिमा पत्यारोपण गर्न मिल्छ ।

५. आँखाको नानी स्वास्थ्य छ भने मानिसको मृत्यु पछि मृतकको आँखाको नानी मात्र झिक्ने हो ।

६.मानिसको मृत्यु पछि नेपाल आँखा बैङ्कका कर्मचारीले २ जना मृतकको आफन्तलाई साक्षि राखेर आँखाको नानी मात्र निकालिन्छ । आँखा संगै मृतकको रगत पनि निकान्छि ।

७. मृत्कको आँखाबाट निकालिएको आँखाको नानीलाई १४ दिन सम्म राख्दा मर्दैन ।

८.बैङ्कले संकलन गरेको आँखा २ देखि ८ डिग्रीसेन्टिग्रेट भित्र सुरीक्षत साथ राखिन्छ ।

९. मृतकको रगत परिक्षण गरी रगतबाट सर्ने किसिमको संक्रमण नभएको अवस्था र आँखाको नानी स्वास्थ्य रहेको अवस्थामा अन्य आँखाको दृष्टि गुमाएका व्यक्रिलाई पत्यारोपण गरिन्छ ।

आँखाको नानी पत्यारोपण सहज

आँखा बैङ्कको अनुसार नेपालमा आँखाको अत्यरोपण सेवा सुरुभएसंगै आँखाको नानीको माग बढ्दै गएको छ । माग बढि हुदा नेपालमा संकलित आँखाका नानी एकसाता मात्रै बैङ्कमा रहने बैङ्कले जनाएको छ ।

‘आँखाको नानी पत्यारोपण गरिने विभिन्न आँखा अस्पतालहरूमा नानी पठाइन्छ । मानव शरीरको अंग किनबेच हुदैन । आँखा अस्पतालहरूमा कस्तो आँखा कस्लाई दिएको भन्ने पनि जानकारी हुदैन, तोयनाले लोकान्तरलाई भने, आँखा पत्यारोपण गर्दा आँखाको नानीलाई पैसा पर्दैन औषधी खर्च र अस्पतालले केहि चार्ज मात्रै लिने हो ।’

आँखाको नानी पत्यारोपण अन्य अंग भन्दा सरल रहेको प्रवन्धक तोयनाको भनाइ छ । उनले भने,‘ आँखाको नानी पत्यारोपण अरु भन्दा भिन्न छ, आँखाको नानीमा रक्तसंचार हुदैन ।आँखाको डल्लानै निकालिदैन । यो जुनसुकै व्यक्तिको आँखा जो कोहिलाई मिल्छ । त्यसैले आँखाको नानी प्रत्यारोपण सहज छ ।’

उनी भन्छन्, मृत्युपछि शरीरको सबै अंग कि खरानी हुन्छ कि माटो । यसरी माटो वा खरानी बन्न दिनु भन्दा दान दियो भने अर्को विरामीले नयाँ जीवन पाप्त गर्छ । त्यसैले आँखा दान गर्नु राम्रो कार्य हो ।’

प्रतिवद्धता अनुरुप आँखाको नानी संकलन गर्न कठिन

नेपालमा आँखाको नानी दान गर्नेहरूको संख्या बढ्दै गएको छ । तर प्रतिवद्धता अनुरुप आँखा दान गर्नेको संख्या भने कमै रहेको छ । यसको पनि विभिन्न कारणहरू छन् । तिलगंगा आँखा अस्पतालका प्रशासनिक अधिकृत भगिरथ बाँनियाले नेपालमा प्रतिवद्धता अनुरुप आँखाको दान नभएको बताए ।

प्रतिवद्धता गर्नेहरू काठमाडौं बाहिर रहेको र आँखाको नानी संकलन केन्द्रहरू देशका सबै ठाउँमा उपलब्ध नहुदा प्रतिवद्धता अनुरुप आँखा संकलन गर्न नसकिएको बताए । ‘काठमाडौं बाहेर अन्य जिल्लामा रहेका व्यक्तिहरूले चाहे पनि दान गर्न सक्ने अवस्था छैन । अन्य जिल्लाहरूमा आँखा संकलन केन्द्र छैन’ उनले लोकान्तरसँग भने ।

कतिपय प्रतिवद्धता जनाएपछि प्रतिवद्धता जनाउने व्यक्तिको आफन्तले दान गर्न नचाहदा पनि अपेक्षित रुपमा आँखाको नानी पाप्त नुहने उनको भनाइ छ ।

नोपलमा आँखाको नानीको माग धेरै रहेकाले यसको संकलन कार्य विस्ता गर्ने उद्धेश्यले विराटनगर र भरतुपरमा आँखाको नानी संकलन केन्द्र संचालन गर्न लागिएको पनि नेपाल आँखा बैङ्कले जनाएको छ । एक वर्ष भित्रमा विराटनगर र भरतपुरमा आँखाको नानी संकलन केन्द्र स्थापना गरीको बैङ्कका प्रवन्धक तोयनाले बताए । भदौ २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस