खोज/विशेष : टिप्पणी

सोनियाको दिल्ली दरबारमा छोराले बास पाउँदैनन् ?

उनी २५ वर्षभन्दा लामो समयदेखि अहिलेसम्म राजधानी शहरको जनपथ इलाकामा रहेको १० नम्बर घरकी विशिष्ट बासिन्दाको हैसियतमा रहँदै आएकी छिन् । दिल्लीको केन्द्र भागमा रहेकोयो घर वास्तवमा घर मात्र होइन, दरबार हो ।

 

इटालीको एक गरिव परिवारको पृष्ठभूमि भएकी यी महिला कालान्तरमा भारतमा आएपछि समृध्द हुन थालिन् र अन्ततोगत्वा विश्वकै चौथो धनी राजनीतिक व्यक्ति हुन पुगिन् । उनी दुई अर्ब डलर बराबरको सम्पत्तिकी मालिक्नी भएकी छिन् ।

उनको नाम एन्टोनिया इडभिगे अलबिना माइनो हो जसलाई भारतमा सोनिया गान्धीको नामबाट चिनिन्छ ।

सोनिया बेलायतकी महारानी एलिजाबेथभन्दा धनी मात्र हैनन् भारतका प्रधानमन्त्रीको निवासभन्दा निकै ठूलो, आलिशान भवनमा बस्दछिन् । उनको आवास रहेको घर-पटाङ्गिनी (१० जनपथ) नरेन्द्र मोदीको निवास ‘७ लोक कल्याण मार्ग’ भन्दा फराकिलो छ । ७ लोक कल्याण मार्गलाई ‘७ रेसकोर्स रोड’ भनिन्थ्यो ।

सूचनाको हक अन्तर्गत माग गरिएको जवाफमा प्राप्त जानकारी अनुसार, काँग्रेस अध्यक्ष सोनिया गान्धी बसेको घरले १५,१८१ वर्गमीटर जमीन ओगटेको छ । यता, ‘७ लोक कल्याण मार्ग’ले चर्चेको जग्गा १४,१०१ वर्गमीटर छ ।

यस्तो अन्तरबारे प्रश्न उठ्नु नाजायज हुँदैन ।

ओह्रालो लागेको राजनीतिक दलकी अध्यक्षको निवास प्रधानमन्त्रीको भन्दा ठूलो राख्न मिल्छ कि मिल्दैन भनी ‘माई भोट टुडे’ नामक संस्थाले यसबारे जनमत सर्वेक्षण गरायो । करिव ५५० सदस्य भएको संसद् (लोकसभा) मा जम्मा ४४ सदस्य भएको दलकी अध्यक्षले त्यति ठूलो घरमा बस्न सुहाउँछ कि सुहाउँदैन भन्ने प्रश्नको उत्तरमा आएको मत यसप्रकार छ :--- सुहाउँदैन : ७३ प्रतिशत; सुहाउँछ २६ प्रतिशत । बाँकी १ प्रतिशत अनिर्णित ।

लोकतन्त्रमा जनताको आवाज ( राइटिङ् अन् द वाल ) को कदर हुन्छ भने सोनियाले अब गुण्टा-झिटी-भारी उठाएर त्यहाँबाट हिंड्नुपर्ने हो कि होइन ?

सन् २०१३-१४ मा ७ जनपथमा बिजुलीका सामान र तिनको मर्मतमा ५१ लाख ४३ हजार ३१८ रुपिञा (भारू) खर्च भयो । यो रकम अघिल्लो वर्षको दाँजोमा सातगुणा बढी हो । अर्थात् २०१२-१३ मा त्यो खर्च सात लाख ८२ हजार ९६८ थियो; सन् २०११-१२ मा त्यस शीर्षकमा दुई लाख ६५ हजार ६८१ खर्च भएको देखियो । र, यो मर्मत कार्य लगातार तीन वर्ष एउटै व्यापारिक संस्थाले गरेको थियो ।

भन्नु परोइन, यी सबै खर्च सरकारी कोषबाट झिकिएको रकमद्वारा गरिएको हो । अर्को शब्दमा, यी इटालीकी रानीको विलासी जीवनमा लागेको खर्च हामी भारतका करदाताले तिरिरहनु परेको छ ।

अर्को विचारणीय कुरो, सोनियाको अविवाहित छोराको बसाइ आमा बसेको घरमा छैन । के १० जनपथको घर दुई सदस्यको परिवारलाई पनि साँगुरो भएको हो ? छक्कै पर्छु ।

छोरा राहुल गान्धीको लागि ‘१२ तुगलक लेन’ को छुट्टै बङ्गला दिइएको छ । यो ५०२२.५८ वर्गमीटरमा फैलिएको छ । संसद्को सदस्य भएको हुनाले यो उनलाई उपलब्ध गराइएको होला । तर नैतिकताको आधारमा सोनियाका आमा-छोराले करदाताको भार केही कम गरिदिन सक्दैनथे ?

उदेकलाग्दो कुरो अर्को पनि छ, विवाह भैसकेकी सोनियाकी छोरी प्रियंका भद्रालाई समेत २७६५.१८ वर्गमीटर क्षेत्रफलमा बनेको बङ्गला दिइएको छ जुन ‘३५ लोधी स्टेट’ भनेर चिनिन्छ । प्रियंका संसद्-सदस्य पनि हैनन् तर सुविधाप्राप्त गान्धी परिवारकी सदस्य अवश्य हुन् । तिनको सुरक्षाको लागि खटाइने ‘एस्‌पिजी’ सुरक्षाकर्मीहरूमा लाग्ने खर्च समेत जोड्ने हो भने बितेको एक दशकमा गान्धी परिवारको लागि देशले २०० करोडभन्दा रुपिञा खर्च गरिसकेको छ ।

विगत अढाई दशकमा सोनिया गान्धी सत्ताभित्र र सत्ताबाहिर दुबैतिर रहेकी छिन् । तर यसबीचमा उनलाई १० जनपथ दरबारबाट बेदखल गर्ने हिम्मत कसैले गर्न सकेन । अब हामीहरूले बोल्नुपर्ने बेला आएको छ । सुविधाको रूपमा यी छद्म गान्धीहरूको व्ययभार बोक्ने क्रम रोक्नुपर्ने भएको छ । किनभने हामीले रगत-पसीना गरेर कमाएको पैसा खेर जान दिनु हुँदैन । सार्वजनिक धन खेर जानबाट रोक्नको लागि जन-जागरण फैलाउनु आवश्यक छ । दशौं लाख मानिस भोक र अभावमा बाँच्न बाध्य छन् ; यस्तोमा सार्वजनिक सम्पत्तिको यो नोक्सानी कसरी टुलुटुलु हेरेर बसिरहने ?

जब हामी विजय माल्याले पैसा कुल्याएकोमा विरोध गर्छौं भने यो दिनदहाडै भैरहेको डकैतीलाई चुनौती नदिइकन कसरी बस्न सकिन्छ ? यो लूट तत्काल रोकिनु पर्छ । गान्धी परिवारले जति पाउनु पर्ने हो पाउन् –घटी पनि नहोस् बढी पनि नहोस् ।

( brig_arora@yahoo.com)

भदौ २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस