लोकान्तर समाचार प्रभावः रोशनीलाई बचाउन सहयोग रकम जुट्न थाल्यो

काठमाडौं, ४ असोज– रक्त क्यान्सरबाट पीडित भएकी काभ्रेकी १४ वर्षिया रोशनी त्रिपाठीलाई आर्थिक सहयोग जुट्न थालेको छ ।
रोशनीको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन समस्या भएको भन्ने जानकारी पाएपछि लोकान्तर डटकममा रोशनीको विषयमा गत असोज २ गते ‘बाँच्न चाहन्छिन् रोशनी’ शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
लोकान्तरमा समाचार आएपछि रोशनीको परिवारलाई आर्थिक सहयोग जुट्न थालेको हो । काभ्रे, काठमाडौ लगायत विभिन्न ठाउँका व्यक्तिहरुले अस्पतालमै पुगेर रोशनीलाई आर्थिक सहयोग गरेका छन् ।
हालसम्म ४० हजार ८ सय रकम सहयोग पाप्त भएको रोशनीकी आमा सीता त्रिपाठीले लोकान्तरलाई बताइन् ।
‘मंगलबार चार पाँच जना दाईहरु आउनु भएको थियो । काठमाडौं र काभ्रेबाट उहाहरुले एकजनाले २५ हजार, ५ हजार र २ हजार सहयोग गर्नुभयो । बुधबार बिहान पनि केहि व्यक्तिहरु आएर सहयोग गर्नुभएको छ’ गीताले लाकोन्तरसंग भनिन्, ‘विदेश र नेपालकै काठमाडौं, काभ्रे, धादिङ लगायतका ठाउँबाट पनि सहयोग गछौं भनेर फोन गरीरहनु, भएको छ । अब चाहि छोरीको उपचार राम्रोसंग हुन्छ भन्ने आशा पलाएको छ ।’
लोकान्तरमा समाचार पढेर रोशनीको अवस्थाको विषयमा जानकारी पाएर अस्पतालमै सहयोग गर्न आएको सहयोगिहरुले बताएको सीताले सुनाइन् ।
आफ्नो छोरीको समस्याको विषयमा समाचार बनाएर सहयोग पुगेको भन्दै सीताले खुसी व्यक्त गरीन् । ‘तपाइहरुले समाचार लेखिदिएपछि रोशनीलाई सहयोग जुटन थालेको छ, म गरिवकी छोरीको पनि उपचार हुने भयो’ उनले भावुक हुँदै भनिन् ।
रोशनीलाई रक्त क्यान्सर भएपछि उनी एक महिनाअघि देखि काठमाडौंको कान्ति बाल अस्पतालको अंकोलोजी साखाको शैया नंबर ४ सय ४२ मा उपचारत छिन् ।
रोशनीलाई उपचार खर्च सहयोग गर्न चाहने व्यक्तिले बैंक मार्फत पनि रकम सहयोग गर्न रोशनीकी आमा सीताले अनुरोध गरेकी छन् ।
सहयोगको लागि काभ्रेको बनेपामा रहेको प्रभु बैंकको सीता त्रिपाठीको नाममा रहेको खाता नंबर ०१९०१८००६४२०७१०००००१ सहयोग गर्न सक्नेछन् । रोशनीलाई बचाउन ९८१३८०८८७८ नम्बरमा फोन गरेर पनि सहयोग गर्न सकिने आमा सीताले बताइन् ।
पढ्नुस् यो पनि
बाँच्न चाहन्छिन् रोशनी
असोज ४, २०७४ मा प्रकाशितथप समाचार
- लाइसेन्सको ट्रायलमा दोहरो लुट, नियतवश फेल गराएर पैसा असुली ! [भाग १]
- जसले भूकम्पपीडितका लागि ३५ करोडको सामान जुटाए ...
- २५ फोटोमा हेर्नुहोस् नेपालका 'बाइक राइडर' सुन्दरीहरू
- २०० वर्षसम्म कोशी बाँधको साँचो भारतको हातमा, कसरी सकून् देउवाले खोल्न !
- छोरो नपाएपछि श्रीमानले छोड्नुभयो, मैलै सयौं आमाहरूको सेवा गर्ने मौका पाएँ: दिलशोभा श्रेष्ठ
- डा. कर्ण, जसले २५ सय बढीको रित्तो टाउकोमा रौं उमारीदिए
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्झा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस