खोज/विशेष : फिचर

गोक्यो री : संसारको सबैभन्दा अग्लो स्थानमा रहेको ताल [ फोटोफिचर ]

काठमाडौं, ८ असोज– ट्रेकिङ गाइड तथा फोटोग्राफर दावा लामाको एकल फोटोप्रदर्शनी शुरु भएको छ । गोक्यो क्षेत्रका तस्वीरहरु समेटेर उनले यही असोज ६ गतेदेखि नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी गरेका छन् ।  

टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र स्कूल अफ क्रियटिभ कम्युनिकेशनको सहकार्यमा फोटोप्रदर्शनी भएको हो । प्रदर्शनीमा  गोक्यो क्षेत्रका ३३ वटा फोटोहरु रहेका छन् । प्रदर्शनीमा रहेकाे फोटो बिक्रीबाट आएको रकम उनले काभ्रेको सनमन प्राविलाई प्रदान गर्ने बताए । प्रदर्शनी असोज १३ गतेसम्म चल्नेछ ।
 
गोक्यो री सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्दछ । यो विश्व सम्पदामा सूचीकृत छ । यस क्षेत्रमा रहेको नोङजोङबा नेपालमै लामो ग्लेसियर हो । त्यहाँ पुगेपछि देखिने ३६० डिग्रीको पानोरमा दृश्यले सबैलाई मनमोहक बनाउँछ । यस क्षेत्रमा कूल पाँचवटा तालहरु रहेका छन् ।


गोक्यो री ताल ५ हजार ३ सय ६० मिटरमा रहेको छ । यस स्थानमा रहेर विश्वको अग्लो सगरमाथा लगायत ल्होत्से, चोयु, मकालु हिमश्रृखलाहरु देख्न सकिन्छ ।

फोटोग्राफर दावा लामाले खिचेका गोक्यो री क्षेत्रका केही तस्वीरहरु :




















असोज ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस